विराटनगर– टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले फ्ल्यागशिप मोडेलहरू टीभीएस अपाचे आरटीआर १६०, रीफ्रेश ४ भि एफ डी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बी टी का लागि रोमाञ्चक अफर विराटनगरमा सुरु भएको छ । यस अफरअन्तर्गत कम्पनीले ‘अनस्टपेबल फ्रिडम’का साथै २ वर्षसम्म लिमिटलेस राइड दिने कम्पनीले जनाएको छ ।
विराटनगरस्थित टिभिएसको आधिकारिक बिक्रेता केशरी चन्द भवरलालले आफ्नो सोरुममा उक्त अफरलाई एक कार्यक्रम गरि शुभारम्भ गरेको छ । उक्त योजनाका बारेमा टिभिएस सोरुमका बिक्रि तथा मार्केटिङ म्यानेजर गोबिन्द पोखरेलले उच्च गुणस्तरीय सेवा र सुबिधा दिने उदेश्यका साथ आएको अफरलाई सदुपयोग गर्न ग्राहकवर्गलाई अनुरोध गरेका छन् ।
यो अफरअन्तर्गत नेपालभरिका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्ने कम्पनीको भनाइ छ। यस योजना अन्तर्गत ग्राहकले ३१ हजारसम्मको बचत गर्न सक्ने छन् । यो सुविधाले आफ्ना उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि उपयोग गर्दै ब्रान्डको ‘रेसिङ डीएनए अनलिश्ड’को सिद्धान्तलाई प्रतिबिम्बित गर्दछ । उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उत्कृष्ट ह्यान्डलिङको संयोजनले यी बाइक शक्ति र सटिकताका लागि निर्माण गरिएको कम्पनीको दावी छ ।
ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्ने कम्पनीको योजना छ । जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलर रहेको छ ।
अर्थ/वाणिज्य
राजनीतिक हस्तक्षेप र उमेर हद हटाउने संशोधनमाथि सर्वोच्चको लगाम : गभर्नर नियुक्तिमा निष्पक्षता खल्बल्याउने चिन्ता
सञ्चालकहरूलाई कैद र जरिवाना, पीडितलाई रकम फिर्ता हुने मार्ग खुल्यो
पहिलो प्रदेश लगानी सम्मेलन कोशीमा हुँदै
द नेप्लिज संवाददातासर्वसाधारणको १ करोड २ लाख रुपैयाँ अरुको खातामा
जितेन्द्र साहभरिया कुसाङ लामा थुनामा, मुख्य नाइके नारायण पौडेल फरार
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares