विराटनगर– देश भनेको केवल भूगोल, सीमाना, झण्डा वा सरकार मात्र होइन । त्यो एउटा साझा पहिचान, इतिहास, भावना र सपना हो जुन मानिसहरूले सँगै बाँड्छन् ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको जुम्ला जिल्ला झल्कने गरी शुक्रबारदेखि काठमाडौंमा भइरहेको तस्बिर र भिडियो प्रर्दशनीले यीनै कुराहरुलाई समेटेको छ ।
संघीय राजधानीदेखि कर्णाली जोड्ने अभियान ‘कनेक्टिङ कर्णाली’ अन्तगर्त नयाँ बानेश्वरको एनबी सेन्टरमा प्रदर्शनी भइरहेको छ ।
संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीहरू मार्फत दर्शाइएको छ । कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने क्रममा दैलेख, डोल्पा र मुगुपश्चात जुम्लाको प्रदर्शन गरिएको हो । प्रदर्शनमा राखिएका सांस्कृतिक, प्राकृतिक र धार्मिक पर्यटकी क्षेत्रका सुन्दर तस्बिरहरुले यो देशकै सौन्दर्यको बखान गर्छ ।
यहाँ भने केही तस्बिरहरु हवाईजहाजबाट देखिएको हिउँदको समयमा नेपाली भाषाको उद्गमस्थल सिजा उपत्यका, विश्वकै अग्लो स्थानम फल्ने मार्सी धान (स्थानीय भाषामा दुम्चे) ओखलमा कुट्दै स्थानीय, स्थानीय चाडपर्वका साथै खुसियाली तथा शुभ कार्यमा बजाइने पञ्चे बाजा, दसैँका बेला मेला लाग्न नेपाली भाषाको उदगम थलो सिजा उपत्यकामा रहेको कनका सुन्दरी मन्दिर र जुम्ला बजारबाट दुई घण्टाको यात्रा पुग्न सकिने नेपालकै उच्च स्थानमा भेडापालन र उनका लागि संसारभर प्रख्यात गुठीचौर राखेका छौं ।
यसैगरी जुम्लाको सदरमुकाम भएर बग्ने तिला नदीमा जलयात्रा गर्दै आन्तरिक पर्यटकहरु, जुम्ला सदरमुकाममा गाईजात्रा मनाउदै र सधैँ हिउ जम्ने पातारासी हिमालको तस्बिरहरु यो छोटो फिचरमा समेटेका छौँ ।
विस्तारमा बुझ्न र हेर्न सोझै जुम्ला वा काठमाडौँमा भइरहेको प्रदर्शनी स्थलमा नै पुग्नु पर्ला ।
तस्बिर कथा
तराई–मधेसमा होली उत्साह (तस्बिरहरु र भिडियो)
द नेप्लिज संवाददाताढाका महोत्सवमा फेसन सो ‘ढाका रन्वे’ (तस्विरहरु)
द नेप्लिज संवाददाताइस्लाम धर्मावलम्बीहरुले इद पर्व मनाउँदै (तस्बिरहरु)
द नेप्लिज संवाददाताखोटाङको फेदीमा रेडपान्डा देखापरेपछि संरक्षणमा नयाँ आशा
द नेप्लिज संवाददाताराप्रपाको वैशाख ७ को आन्दोलन/तस्बिरहरु
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares