३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

तराई–मधेसमा होली उत्साह (तस्बिरहरु र भिडियो)

हाे

Advertisement

विराटनगर– फाल्गुन शुक्ल पूर्णिमाको दिन हाेलिका दहन गरेको खुशियालीमा मनाइने होली पर्वले शुक्रबार तराई–मधेस उल्लासमय बनेको छ । पौराणिक, ऐतिहासिक तथा सांस्कृतिक पर्व होलीको अवसरमा एकआपसमा रंग अबिर दलेर उल्लासमय वातावरणमा जोगिरा सरर... गाउँदै खुशियाली मनाइरहेका छन् । 

होली पर्वको अवसरमा स्थानीयवासीहरुले बिहानैदेखि ठूलाबडाले सानाको निधारमा रंग अबिर लगाइदिएर सतमार्गमा लाग्ने आशिर्वाद दिनुका साथै सानाले ठूलाबडाको खुट्टामा रंग अबिर राखेर आशिर्वाद थाप्ने परम्परा छ । मधेसी समुदायमा भाउजु, सालीलाई रंग अबिर दलेर रमाइलो गर्ने र खुशियाली साट्ने परम्परा रहेको छ ।

होली पर्वको अवसरमा मधेसी समुदायले मलपुवा, पकौडा, दालपुरी, अचार, तरकारी, खिर, दही, दुधमा भांगलगायतका फलफूल मिसाइएको सर्वत खाने चलन रहेको छ । मधेसी समुदायले होली पर्वको अवसरमा कूल देउताको पूजासमेत गर्ने चलन रहेको छ । 

होली पर्वका अवसरमा युवा, वृद्धहरुले हार्मोनियम, ढोलक, मृदङ, डम्फा, झ्यालीलगायतका बाजागाजासहित आगन आगनमा गएर हाेलीकाे गीत गाउँदै मनोरञ्जन गर्ने र प्राप्त दक्षिणाले विष्णु भगवानको सामूहिक पूजा गर्ने गरिन्छ । विष्णु भगवानको प्रसाद गाउँभरि बाँड्ने संस्कृतिसमेत रहेको छ । 

प्रकाशित : १ चैत २०८१, शुक्रबार 14:24
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved