विराटनगर– इस्लाम धर्मावलम्बीहरुले महान पर्व इद उल फित्र सोमबार हर्षपूर्वक मनाइरहेका छन् । नेपाल सरकारले इद पर्वको अवसरमा सार्वजनिक विदासमेत दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुले इदगाहमा गएर नमाज(प्रार्थना) पढेर इद पर्व मनाइरहेका छन् । विराटनगरका इस्लाम धर्मावलम्बीहरुले विराटनगर १३ स्थित इदगाहमा नमाज पढेर इद पर्वको खुशीयाली साटासाट गरेका हुन् ।
महिना दिनदेखि रोजा (उपवास) बस्दै आएका इस्लाम धर्मावलम्बीहरुले आइतबार साँझ चाँद (चन्द्रमा) देखेको खुशीयालीमा सोमबार इद उल फित्र पर्व धुमधामका साथ मनाइरहेका छन् । यो वर्षको रमजानमा २९ दिन उपवास बसेपछि इस्लाम धर्मावलम्बीहरुले आइतबार चाँद हेरेका थिए । चाँद हेरेको भोलीपल्ट इद पर्व मनाउने परम्परा छ । साउदी अरेबीयामा शनिबार नै चाँद देखिएपछि आइतबार इद पर्व मनाइसकेका छन् । इदगाहमा नमाज पढेपछि उनीहरुले गरीव विपन्नलाई जकात (दान) वितरण गरेका थिए ।
इद पर्वको अवसरमा सोमबार बिहान स्नान गरेपछि धार्मिक विधि अनुसार ओजू (हात, मुख, अनुहार, टाउँको र खुट्टा पानीले धोएर) गरेपछि नयाँ लुगा लगाएर इदगाहमा गएर नवाज पढेको विराटनगरका मो. नसरुलले बताएका छन् । नवाज पढेपछि एकआपसमा अंगालो हालेर खुशी सटासाट गरेका हुन् । त्यसपछि घर फर्केर परम्परागत परिकारहरु केमामी सेबइ, माशु, पुलाउ, ब्रियानीलगायतका फलफूल एकसाथ मिलेर खाने चलन छ । इस्लाम धर्मावलम्बीहरुले दिनभरि नाता सम्बन्धको घरघरमा गएर इद पर्वको खुशी साटेर खाँदै रमाउने परम्परा छ ।
तस्बिर कथा
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उर्लेको जनसागर (तस्बिरहरु)
द नेप्लिज संवाददातायुवा पलायनको असर विराट गोल्डकपमा, दर्शकको उपस्थिति न्यून (तस्बिरहरु)
द नेप्लिज संवाददातातराई–मधेसमा होली उत्साह (तस्बिरहरु र भिडियो)
द नेप्लिज संवाददाताढाका महोत्सवमा फेसन सो ‘ढाका रन्वे’ (तस्विरहरु)
द नेप्लिज संवाददाताजुम्ला दर्शन !
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares