विराटनगर– चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाले झापा क्रिकेट क्लबलाई ७ विकेटले सोमबार पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरको जुट मिल खेलमैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको झापा १८ ओभर ५ बलमा अलआउट हुँदै १३७ रन बनाएको थियो । झापाका लागि अंकित सुवेदीले २३ बलमा २७ रन, भुपाल दङगालले २४ बलमा २६ रन र समिर कार्कीले १४ बलमा १९ रनको योगदान दिए । आषिष राना मगरले १६ रन र भुपेश गौतमले ११ रन बनाए । अन्य ब्याट्समेनले दोहोरो अंक जोड्न सकेनन् । पटनाका रिहान दास गुप्ताले २३ बलमा १९ रन खर्चेर ३ विकेट र मन मोहनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए ।
जवाफी ब्याटिङमा पटनाले १३८ रनको लक्ष्य १७ ओभर २ बलमा ३ विकेटको क्षतिमा पूरा गर्दै जित हासिल गरे । पटनाका सुर्दशन सिंहले आक्रमक ब्याटिङ प्रदर्शन गर्दै ५२ बलमा अविजित ८३ रन बनाए । उनले ६ छक्का र ७ चौका प्रहार गरे । उनी खेलको प्यलेर अफ द म्याच घोषित भएर नगद तीन हजार प्राप्त गरे । अनुज रञ्जनले ४२ बलमा ३७ रन र कुमार श्रेयले १३ रनको योगदान दिए । झापाका बलरहरूमध्ये ज्ञानु श्रेष्ठले ३.२ ओभरमा २९ रन खर्चेर २ विकेट र सिद्धार्थ कुमारले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।
मंगलबार हुने दुई खेलमा मिल्स क्रिकेट क्लब र होराइजन क्रिकेट बीच र दोस्रो खेल सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) विराटनगर र सुपोल क्रिकेट क्लब (मुन) बीच हुनेछ ।
खेलकुद
इण्डो–नेपाल क्रिकेटः पटना र सिराहा विजयी
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares