काठमाडौं – सरकार परिवर्तनको हल्लाबीच प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भारतप्रति आक्रामक देखिएका छन् । भारतीय पक्षसँग सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री आरजु राणा भारत भ्रमणमा रहँदा ओली भने पार्टी बैठकमा भारतविरुद्ध कडा अभिव्यक्ति दिएका छन् ।
चैत ४ मा च्यासलस्थित एमाले पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा ओलीले आफूलाई पदबाट हटाउन भारतीय जासुसी संस्था सक्रिय रहेको दाबी गरेका थिए । बैठकमा उनले ‘दमकदेखि काठमाडौंसम्म भारतीयहरू परिचालित छन्’ भन्दै भारतलाई ‘देखाइदिने’ चेतावनी दिएको एमाले स्रोतले जनाएको छ ।
पूर्वराजा शाहको गिरफ्तारीसम्म जाने संकेत
बैठकमा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधि निस्तेज पार्न गिरफ्तारीसम्मको विकल्प खुला रहेको बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत गणतन्त्र विरोधी गतिविधि गरेमा पूर्वराजालाई थुन्नुपर्ने पक्षमा रहेको स्रोतको दाबी छ । फागुन २५ मा राजतन्त्र पुनःस्थापनाका पक्षधरहरूले आयोजना गरेको आन्दोलनमा भारतीय सहयोग रहेको दाबी गर्दै ओलीले यसको प्रमाणका रूपमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो आन्दोलनमा प्रयोग गरिएको प्रसंग उठाएका थिए ।
ओलीको भारतप्रति आक्रामक धारणा किन ?
ओली प्रधानमन्त्री बनेदेखि भारतसँग सम्बन्ध सहज हुन सकेको छैन । अन्य प्रधानमन्त्रीहरूलाई छिट्टै औपचारिक भ्रमणको निम्तो दिने भारतले ओलीलाई नौ महिनासम्म आमन्त्रण गरेको छैन । यही परिस्थितिका कारण ओली भारतप्रति आक्रामक बन्दै गएको विश्लेषण गरिँदैछ । सचिवालय बैठकमा उनले केही दिनभित्र संसदमा सम्बोधन गर्ने तयारी रहेको बताउँदै ‘संसदमै सबै कुरा खोल्ने’ चेतावनी दिएका छन् । ओलीको भारतप्रतिको पछिल्लो धारणा कूटनीतिक रूपमा नेपाल–भारत सम्बन्धमा कस्तो असर पार्छ भन्ने विषय चासोको विषय बनेको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares