सोल (रासस/एजेन्सी) – दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संवैधानिक अदालतले पदमुक्त गरेको छ । शुक्रबार आठै न्यायाधीशको सर्वसम्मत मतसहित अदालतले सैनिक कानुन घोषणा गर्ने उनको कदमलाई असंवैधानिक ठहर गर्दै महाभियोग सदर गरेको हो ।
गत डिसेम्बर ३ मा योलले सैनिक कानुन घोषणा गरेपछि संसदले आपतकालीन बैठक बोलाई दुई घण्टामै उक्त निर्णय उल्ट्याएको थियो । संसदले लोकतन्त्रमाथि आक्रमण भएको भन्दै योलमाथि महाभियोग लगाएको थियो । तर दक्षिण कोरियाली संविधानअनुसार संसदको महाभियोगमा अन्तिम फैसला संवैधानिक अदालतले गर्ने व्यवस्था छ ।
राष्ट्रपतिबाट योल अपदस्त भएसँगै अब ६० दिनभित्र नयाँ राष्ट्रपति निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार चुनावको तयारी सुरु भएको छ । कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री हान डक–सूले सम्हालेका छन् । उनलाई पनि संसदले महाभियोग लगाएको थियो तर संवैधानिक अदालतले अस्वीकृत गरेपछि पुनः जिम्मेवारीमा फर्किएका छन् ।
राष्ट्रपति योलको अपदस्थ हुने अन्तिम सुनुवाइका दिन संवैधानिक अदालत परिसरमा योलका समर्थक र विरोधीहरूको बाक्लो उपस्थिति देखिएको थियो । आदेशपछि विरोधीहरूले लोकतन्त्रको पक्षमा निर्णय भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
विश्लेषकहरूका अनुसार योलको अपदस्थाले दक्षिण कोरियाको आन्तरिक राजनीतिमा भूकम्प ल्याएको छ । अब हुने निर्वाचनमा प्रमुख विपक्षी नेता ली जे–म्युंग र सत्तारूढ पीपल पावर पार्टीका पूर्व नेता हान डोंग–हुनबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares