विराटनगर– नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले मुलुकमा विकसित राजनीतिक घटना क्रमले उत्पन्न समस्या समाधानका लागि अवको विकल्प राष्ट्रिय सहमतिको सरकार भएको बताएका छन् ।
विराटनगरमा प्रेस यूनियन मोरङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनताको निराशालाई आशामा परिणत गर्न अब चाँडै राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका हुन् । ‘मुलुकमा अहिले गणतान्त्रिक मोर्चा बनाउने नाममा अराजकता फैलाउने षडयन्त्र भइरहेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमतिको सरकार बन्न राजनीतिक नेतृत्वहरुले मार्ग प्रसस्त नगरे देशमा राजा आउने वातावरण बन्दै जान्छ ।’
देशमा राजनीतिक नेतृत्व वर्गले जनभावना अनुसार काम गर्न नसकेकोले जनता निरास बनेको केसीको भनाइ थियो । उनले जनताको निरासा र आक्रोशलाई समयमा आशामा परिणत गर्न नसकिए देशमा अराजकता फैलिँदै जाने र यसले देशलाई पश्चगमनतर्फ लग्ने खतरा रहेको बताए ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares