विराटनगर– प्यूठानमा एक दम्पतिको भतिजाले हत्या गरेको प्रहरीले जनाएको छ । माण्डवी गाउँपालिका–२ रातमाटेका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमाको शनिबार दिउँसो घरभित्रै घन प्रहारबाट हत्या भएको थियो ।
प्युठान प्रहरीले आइतबार अपराह्न उनीहरूको हत्या आरोपमा भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपालीलाई पक्राउ गरेको छ । मृतक दम्पतिको घरबाट ६० मिटर टाढा पंकजको निवास छ । उनले हत्या स्वीकारेको प्रहरीले बताएको छ । सधैँ रिसाउने, गाली गर्ने र घरमा पनि नआऊ भनेर बेइज्जत गर्दै आएकाले आवेशमा घनले हिर्काएर हत्या गरेको पंकजले प्रहरीमा बयान दिएका छन् ।
हत्यामा प्रयोग भएको घन घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । ढोका ढकढकाएर बोलाउँदा पनि परियार दम्पतिले नबोलेपछि एक छिमेकीले ढोकाबाटै चिहाएर भित्र हेरेका थिए । उनीहरूलाई मृत देखेपछि प्रहरीमा खबर गरिएको थियो । दुवै मृतकको शरीरमा गम्भीर घाउ खतहरु देखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर मगाइएको थियो । घरमा दम्पति मात्र बस्थे । चार छोरा भारतमा बस्छन् । दुई विवाहित छोरी दाङ बस्छन् ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares