६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

लागूऔषधसहित  ६ जना पक्राउ

द नेप्लिज संवाददाता
१९ फागुन २०८१, सोमबार

Advertisement

विराटनगर– उदयपुर र झापाको छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले जाँच गर्ने क्रममा  चौदण्डीगढी नगरपालिका–७ का १९ वर्षीय सागर बिश्वकर्मा, २१ वर्षीय सन्जोक राई र २१ वर्षीय  निशान मगरलाई  ट्रामाडोल १ सय २०, स्पास्पेन १ सय ट्याब्लेटसहित  पक्राउ गरेको छ । 

झापाको अस्थायी प्रहरी पोष्ट ताराबारीबाट गस्तिमा खटिएको प्रहरी टोलिले मोरङ उर्लाबारी नगरपालिका–७ का २१ वर्षीय बिजय शर्मा, २० वर्षीय पुजन गिरी र १८ वर्षीय सुजन सिवालाई  ट्रामाडोल ७३ ट्याब्लेट, स्पास्पेन ८० ट्याब्लेटसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–१  का २९ वर्षीय प्रन्नयन तामाङलाई १ ग्राम २ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरी सबैको अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ । 

प्रकाशित : १९ फागुन २०८१, सोमबार 14:28
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved