दिल्ली रेल्वे स्टेशन घटना
विराटनगर– भारतको नयाँ दिल्लीस्थित रेल्वे स्टेशनमा शनिबार राती भएको भागदौड घटनाको विषयमा रेल मन्त्रालयले उच्च स्तरीय छानबिन समिति गठन गरेको छ ।
रेल दूर्घटनामा महिला र बालबालिकासहित १८ जनाको मृत्यु भइसकेको छ भने १३ जनाभन्दा बढी घाइतेको दिल्लीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दूर्घटनामा मृत्यु र घाइते हुनेमा आधीभन्दा बढी विहारका छन् । यीमध्ये अधिकांश महाकुम्भ स्नानका लागि जाने यात्री थिए । महाकुम्भ स्नानका लागि प्रयागराज जानेहरुको अत्यधिक भीडले भागदौड मचिएको रेल्वे प्रशासनले जनाएको छ ।
उत्तरी रेल्वेका प्रिन्सिपल चिफ कमर्सियल म्यानेजर नरसिंह देवले आजदेखि नै उक्त घटनाको छानबिन सुरु गरिएको बताएका छन् । ‘बिहानदेखि नै सबै खाले प्रमाणलाई हेर्दैछौँ, सीसीटीभीको फूटेजको डिटेल अध्ययन गरेका छौँ, घटना स्थलको समेत निरीक्षण पनि गरिसकेका छौं,’ उनले भने ।
उनले प्रत्यक्षदर्शीहरुसँग जानकारी लिएर घटनाको मूल कारण पत्ता लगाउने प्रयासमा गरिरहेको बताए । ‘अन्तिम रिपोर्टपछि मात्र घटनाको बारेमा थप केही भन्न सकिन्छ,’ सिंहले भने । रेल्वे मन्त्रालयले महाकुम्भ स्नानका लागि स्पेशल टे«न सञ्चालन गर्नुका साथै वार रुम (मनिटरिंग रुम)बाट रेल्वे यात्रीहरुको निगरानी गरिरहेको दाबी गर्दै आएको थियो । उनीहरुको निगरानीका बीच यति धेरै मानिसको हताहती भएको घटनालाई राजनीतिक नेतृत्ववर्गले अस्वभाविक रुपमा लिएको छ । जसका कारण मोदी सरकार अहिले विपक्षी दलको घेराबन्दीमा परेको छ ।
समन्वय अभावमा यो पीडादायी घटना भएको रेल्वे सुरक्षा बलका पूर्वमहानिर्देशक अरुण कुमारको भनाइ छ । उनका अनुसार साँझ ६ बजेदेखि राति १० बजेसम्मको भीडलाई व्यवस्थित गर्न नसक्नु रेल्वे प्रशासनको ठूलो गल्ती हो । उक्त दुर्घटनाका कारण राजनीतिक वृतमा मोदी सरकारको तिव्र आलोचना भइरहेको छ ।
कांग्रेसले रेल मन्त्री अश्विनी वैष्णवको राजिनामा माग गरेको छ । घटनामा सरकारी तथ्यांकभन्दा अझै धेरै मानिसको हताहती भएको उनको दाबी छ । जन स्वराज पार्टीका संस्थापक प्रशांत किशोरले उक्त घटनाका लागि रेल र स्थानीय प्रशासन प्रमुख जिम्मेबार रहेको बताए ।
तृणमूल कांग्रेसकी नेतृ एवं पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल ‘एक्स,’ मा यो हृदयविदारक घटनाले नागरिकको सुरक्षाका लागि सही योजना एवं व्यवस्थापनमा सरकारको कमजोरी उजागर भएको बताएकी छन् । महाकुम्भको पनि भागदौडमा भएको मानवीय क्षतिको उल्लेख गर्दै उनले यस्तो ठूलो महाआयोजनाको व्यवस्थामा भाजपा सरकार असक्षम रहँदै आएकोे आरोप लगाएकी हुन् ।
कांग्रेसका नेता एवं पूर्वरेलमन्त्री पवन कुमार बंसलले पनि सरकारले गल्ती स्वीकार्नु पर्ने बताए । ‘महाकुम्भको आयोजन मार्गमा सबै तिर भीड हुन्छ भन्ने सरकार र रेल्वे व्यवस्थापनलाई थाहा हुनुपर्ने हो,’ उनले भने, ‘रेल्वे स्टेसनभित्र यति धेरै मान्छेलाई आउन कसरी दिइयो र आएपछि त्यसको उचित व्यवस्थापन किन गर्न सकिएन ? यो ठूलो सवाल हो ।’ (एजेन्सीको सहयोगमा)
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares