विराटनगर– विराट गोल्डकपको मंगलबार भएको दोस्रो खेलमा साविक विजेता विभागीय टिम सशस्त्र प्रहरी बल(एपीएफ) विजय भएको छ ।
विराटनगरको सहिद रंगशालामा मंगलबार भएको दोस्रो दिन खेलमा एपीएफले भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५–३ गोलले पराजित गरेको हो ।
निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । टाइबेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, मणि कुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे ।
दिल्लीको तर्फबाट राहिफ, पिसि र उदितले मात्र गोल गरे भने रमेशको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृट बचाउ गरेका थिए ।
खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हाफदेखि आक्रमक खेल प्रदर्शन गरेको थियो । प्रतियोगिताको प्लेर अफ द म्याच एपीएफको गोल रक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाए ।
विराट गोल्डकपको तेस्रो खेल बुधबार त्रिभूवन आर्मी र रिजालको मोरङ ११ बिच हुनेछ ।
खेलकुद
इतिहास रच्दै नेपाली महिला टोली टी–२० विश्वकप छनोटमा प्रवेश
द नेप्लिज संवाददाताकाेशीमा ३५ जना क्रिकेटकाे ´ओ` लेभेल अम्पायर तयार
द नेप्लिज संवाददाताकराते प्रिमियर लिगमा एरिका गुरुङको ऐतिहासिक कास्य पदक
द नेप्लिज संवाददाताक्रिकेट फाउण्डेशनद्वारा कोशी र मधेसमा क्रिकेट खेल सामग्री वितरण
द नेप्लिज संवाददातातनाव, नाटकीयता र व्यक्तिगत उपलब्धिका कथा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares