४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

चैते दसैँ सम्पन्न, रामनवमीको रमझम

द नेप्लिज संवाददाता
२३ चैत २०८१, शनिबार

Advertisement

विराटनगर–  हिन्दु समुदायले शनिबार नवदुर्गाकोआराधना गरी चैते दसैँ मनाए पछि रामनवमीको तयारीमा जुटेका छन् । रामनवमीको पूर्वसन्ध्यामा देशभरि शनिबार भगवान रामको जयजयकार गर्दै र्याली निकालिएका छन् । आइतबार विशेष उत्सवको साथ राम नवमी पर्व मनाउँदैछन् । चैते दसैँ र रामनवमीबीच सम्बन्ध पनि छ ।

बडादसैँ जस्तै चैते दसैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो । बडादसैँमा जस्तै चैते दसैँमा पनि परिवार भेला भएर मनाए ।

चैते दसैँलाई कतिपय ठाँउमा सानो दसैँ भन्ने चलन पनि छ भने भारत, बंगलादेश र म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ । आजकै दिन मर्यादा पुरूषोत्तम प्रभू श्रीरामचन्द्र  १४ वर्षे वनवास पछि अयोध्या फर्केको मानिन्छ । 

श्रीमती सीताको अस्मिता रक्षार्थ र पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्रीरामले रावणको वध्य गरेका थिए । यसरी रावणको वध्य गर्नकालागि देवी दुर्गाले रामलाई मद्दत गरेकी थिइन् । चैते दसैँमा राम एवं दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । 

चैते दसैँका दिन भगवान रामको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रूपमा चैते दसैँ मनाएका हुन् भन्ने सामाजिक मान्यता छ । मुख्य दसैँमा झै चैते दसैँमा पनि दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरू पाठ गरिन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खादा रोगब्याधी नष्ट हुने आम विश्वास छ ।

परिवार एवं निकटजनलाई बोलाएर खुवाउने चलन छ । माशांहारीरुले माछा मासु खाने चलन छ । यसकालागि जनावरहरूको बलि दिइन्छ । शाहाकारीहरूले घिरौला, भाण्टा , कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर बलि दिने चलन छ ।

चैते दसैँको भोलिपल्ट आइतबार चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धापूर्वक ‘रामनवमी’ मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा रामनवमी मनाइन्छ ।

भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकिय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भइ भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेका थिए । 

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गरेका उनको शासन काललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएको बताइन्छ । रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको आदर्श विद्यालयका शिक्षक भगिरथ पोखरेल बताउँछन् । 

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ । रामनवमीको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । 
 

प्रकाशित : २३ चैत २०८१, शनिबार 20:50
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved