विराटनगर- मोरङ जिल्ला तेक्वान्दो संघको आयोजना तथा कोशी प्रदेश (आइटिएफ) तेक्वान्दो संघको सह-आयोजनामा कोशी प्रदेश स्तरीय तेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न भएको छ। विराटनगर स्थित शहिद रंगशालाको कभर्ड-हलमा शनिबार कोशी प्रदेशका ७ जिल्लाका तेक्वान्दो खेलाडीहरुको सहभागितामा एक दिने आत्मरक्षा तालिम सम्पन्न भएको हो।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले आत्मरक्षा तालिमको महत्वमा प्रकाश पार्दै तालिमले खेलाडीहरुलाई जिम्मेवार र समाजप्रति उत्तरदायी बन्न सहयोग पुर्याउने धारणा व्यक्त गरेका थिए । मोरङ जिल्ला खेलकुद समितिका अध्यक्ष सुरजबहादुर श्रेष्ठले तालिमले खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने तथा थप अनुशासित बनाउन मद्दत गर्ने बताए ।
तालिममा प्रदेशका ७ जिल्लाका २५ महिला र ८२ पुरुष गरेर १०७ जना खेलाडीको सहभागिता रहेको तेक्वान्दो संघ कोशीका कोषाध्यक्ष ओमकुमार श्रेष्ठले जानकारी दिए । तालिममा प्रशिक्षकद्वय नविन तामाङ्ग र राजेन्द्र धिमालले प्रशिक्षण दिएका थिए ।
खेलकुद
तेस्राे मनमाेहन मेमाेरियल क्रिकेट प्रतियाेगिता हुँदै
द नेप्लिज संवाददातानेपाली क्रिकेट टोलीका नयाँ प्रशिक्षक स्टुअर्ट ल आइपुगे
द नेप्लिज संवाददातानेपाल क्रिकेट टिमका नयाँ प्रशिक्षक स्टुआर्ट लले प्रशिक्षण सुरु गरे
द नेप्लिज संवाददातामनमोहन स्मृति कप क्रिकेट शूरु, विभागी टिम आर्मीको विजयी सुरुवात
द नेप्लिज संवाददातादोस्रो कोशी खुला गल्फ प्रतियोगिता : विराटनगरका गुप्ता नेट विजेता, ग्रसमा परियार विजयी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares