भर्जिनिया (अमेरिका)– अमेरिकी राजधानी रहेको ग्रेटर वासिङ्गटन डी.सी. मेट्रो क्षेत्रका नेपालीहरूले स्थानीय सामुदायिक पुस्तकालयलाई करीब दुई सय नेपाली किताब प्रदान गरेका छन् । योसँगै स्थानीय तहमा सञ्चालन हुँदै आइरहेका बाह्र अमेरिकी पुस्तकालयमा अब नेपाली किताबहरू पनि पढ्न पाइने भएका छन् ।
अमेरिकामा यसरी यति ठूलो संख्यामा नेपाली किताब कुनै पुस्तकालयलाई प्रदान (डोनेशन) गरिएको यो सम्भवतः पहिलो पटक हो । आगामी केही साताभित्रैदेखि इच्छुक नेपालीहरूले पुस्तकालयबाट यी किताबहरू लिएर वा पुस्तकालयमै बसेर पठनको आनन्द लिन सक्नेछन् ।
प्रिन्स विलियम काउन्टी क्षेत्रमा सञ्चालित ‘हेमार्केट गेन्सभिल पब्लिक लाइब्रेरी’ लाई पुस्तकालयमै शनिबार (फेब्रुअरी १५ मा) आयोजित एक संक्षिप्त कार्यक्रममा १ सय ८० किताब हस्तान्तरण गरिएको हो ।
यो कार्यक्रमलाई सम्बोधन गर्दै पुस्तकालयकी निर्देशक बेथ वाकरले यसरी नेपाली किताबहरू पुस्तकालयलाई प्राप्त भएकोमा अत्यन्त प्रसन्नता लागेको बताउँदै यी सबै पुस्तकहरू समुचित तवरले विश्वभाषा खण्डमा सुरक्षित राखिने जानकारी दिइन् ।
पुस्तकालय सामग्री–व्यवस्थापन सेवा विभागका सहायक निर्देशक कर्क जोनसनले एकै पटक यति धेरै संख्यामा कुनै पनि भाषाका किताबहरू आफूहरूले नपाएकोले पाउँदा खुशी लागेको बताए । उनले भने, ‘गैर–अंग्रेजी भाषी किताबहरू पुस्तकालयमा निकै थोरै मात्र भएको तर तिनलाई पर्याप्त ठाउँ दिँदै जाने हाम्रो नीतिलाई व्यवहारमा उतार्न यो डोनेशनले धेरै सहयोग पु¥याउने छ ।’ उनले पाठकको रुचि हेरेर नेपाली पुस्तक बिक्रेताहरूसित सम्पर्क गर्दै थप कृति पनि राख्न सकिने पनि बताए ।
नेपालीभाषी पुस्तकदाताहरूको तर्फबाट बोल्दै मन्जु थापाले हाल विश्वभर करीब चार करोड नागरिकले नेपाली भाषा बोल्ने गरेको तथ्यांक प्रस्तुत गर्दै अहिले प्रिन्स विलियम काउन्टी मात्र नभएर डी.सी मेट्रो क्षेत्र र अमेरिकाभर नेपालीभाषीहरू बढ्दै गएको बताइन् । थापाको भनाइ थियो, हामीले पछिल्लो साढे चार महिनादेखि पुस्तकालय व्यवस्थापन पक्षसँग प्रत्यक्ष भेटघाट र ई–मेल वार्ता मार्फत यस पुस्तकालयलाई नेपाली किताब प्रदान गर्ने आग्रहपूर्ण प्रयास अगाडि बढाएका थियौँ । अहिले त्यो प्रयास सफल भएको छ ।’
नेपाली भाषाका किताबहरू इच्छुक सबैका लागि उपलब्ध गराउने भएको पुस्तकालयलाई उपस्थित नेपालीहरूले धन्यवाद दिएका थिए । पुस्तकालयले अब आगामी समयमा पनि पुस्तक डोनेट गर्न चाहने पुस्तक र पुस्तकालयप्रेमी दाताहरूले यसरी नै नेपाली किताब प्रदान गर्न चाहेमा त्यस्तो भावनालाई हार्दिक स्वागत गरिने जनाएको थियो ।
पुस्तकलायलाई प्रदान गरिएका नेपाली किताबहरूमा नेपाली शब्दकोष, अंग्रेजी–नेपाली शब्दकोष, धार्मिक–ग्रन्थ, सांस्कृतिक एवं ऐतिहासिक पुस्तक, उपन्यास, कथा, कविता, निबन्ध, आत्मकथा, संस्मरण, यात्रा–संस्मरण लगायत सबै विधाका सिर्जनाहरू समेटिएका छन् ।
पुस्तकदाताहरूमा मन्जु थापा, रमेश खनाल, लेखनाथ भण्डारी, जयदेव गौतम, अनुभव नेपाल, प्लानेटरी पार्सल (विक्रान्त थापा गौतम), शिव तिमल्सिना (अमेरिका नेपाल शिक्षा सदन एकेडेमी), सन्तोष श्रेष्ठ, जगन्नाथ पौडेल, तनुजा पोख्रेल र खिम खतिवडा समेत एघार जना छन् । त्यस अवसरमा पुस्तकदाताहरूका साथै प्रतिमा भट्टराई, कमल भट्टराई, राजेन्द्र भूसाल, अग्नि नेपाल, दिनेश अधिकारी, सुलेखा भण्डारी, ऊर्जा खनाल, दीपिशा भूसाल, प्रत्युश अधिकारी समेतको उपस्थिति थियो ।
साहित्य/कला
‘बेबी बुद्ध’लाई स्नान गराउँदै विश्वमैत्रीको कामना
द नेप्लिज संवाददाताकहीँ नभएको जात्रा हाँडीगाउँमा
द नेप्लिज संवाददाताशीतलता, सहअस्तित्व र सिर्जनशीलताको उत्सव
जितेन्द्र साहमध्यपुरथिमिमा मात्र मनाइने जात्रा
द नेप्लिज संवाददाता१२ वर्षे हलचोक आकाश भैरव जात्रा सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares