विराटनगर — ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सडक खण्डमा पाथीभरा दर्शनका लागि गइरहेको बोलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार बिहान मे १ ज ३०११ नम्बरको बोलेरो गाडीमा अचानक विद्युत् लाइनको तार खस्दा गाडीमा आगो लागेको हो । गम्भीर आगलागीपछि चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ निवासी ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्। यात्रु लिएर जीप बिहान करिब ५ बजेतिर सदरमुकाम फुङलिङबाट हिँडेको थियो। दुर्घटनामा परी मृत्यु भएकाको शव नचिनिने अवस्थामा रहेको स्थानीयले जनाएका छन् ।
घटनामा ललितपुरकी ४५ वर्षीया सविना आचार्य गम्भीर घाइते छिन् भने उनका १० वर्षीय छोरा भविमय आचार्य मध्यम घाइते छन् । दुवैलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लग्ने तयारी भइरहेको उक्त प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गाडीमाथि कसरी विद्युत् तार खसेर दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
समाचार
राप्रपाका अध्यक्षसहित तीन नेता पक्राउ
द नेप्लिज संवाददाताजनमत पार्टीका कोषाध्यक्ष यादव ठगी मुद्दामा पक्राउ
द नेप्लिज संवाददातासिंहदरबारभित्र प्रदर्शन गर्ने राप्रपा नेताहरू रिहा
द नेप्लिज संवाददाता२४ दिनपछि हाजिरी जमानीमा छुटे राप्रपाका महामन्त्री धवलशमशेर राणा
द नेप्लिज संवाददातानक्कली परीक्षार्थी बनेका अस्कल सचिव पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares