विराटनगर– कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ्ले कोशी प्रदेश सरकार एकलौटी रुपमा सञ्चालन भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा कांग्रेस–एमालेको गठबन्धन सरकारप्रति आक्रोश पोखेका हुन् ।
उनले लेखेका छन्, ‘कोशी प्रदेश सरकारको एकलौटी रबैयाप्रति घोर विमति छ । यस्तो सरकारमा रहनु भन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु ।’ एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सहभागी भएको छ । कांग्रेसले भौतिक पूर्वाधार विकास, पर्यटन, वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय पाएको हो । जसमा भौतिक पूर्वाधार र स्वास्थ्यमन्त्रीमा भुपेन्द्र राई र पर्यटन, वन तथा वातावरणमन्त्रीमा सदानन्द मण्डल रहेका छन् ।
मुख्यमन्त्री कार्कीले एकलौटी ढंगले सरकार चलाएको उनको भनाइ छ । कांग्रेस र एमालेको संयुक्त सरकार भए पनि एमालेका मुख्यमन्त्री कार्कीले कांग्रेसलाई वेवास्ता गर्दै सरकार सञ्चालन गरेको भन्दै प्रमुख सचेतक तामाङ्ले विमति जनाएका हुन् ।
प्रदेश
कोशी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदै
द नेप्लिज संवाददाताअबैध असुलीमा लागेका मधेश प्रदेशका वन तथा वातावरणमन्त्री साह फिर्ता, यादवलाई जिम्मेवारी
द नेप्लिज संवाददातामन्त्री राईद्वारा सावा खोला सडक पुल उद्घाटन
द नेप्लिज संवाददातामन्त्री राईद्वारा कोशीका उत्कृष्ट १० जना महिला उद्यमी पुरस्कृत
द नेप्लिज संवाददाताराइड सेयरिङ नीतिमा पछि नहट्ने गण्डकी सरकार, वार्षिक नीति तथा कार्यक्रममा नियमन र व्यवस्थापनको अडान
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares