विराटनगर– मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका अनुसार काकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७४८२ नम्बरको यात्रुबाहक बसले स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ५५ वर्षीया कुमारी आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ । उनी उदयपुरको बेलका नगरपालिका–८ की स्थानीय हुन् । मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–१२ का हरि शर्मा भने घाइते भएका छन् । उनलाई थप उपचारका लागि विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।
मृतक आचार्य र चालक शर्मा दिदी–भाइ हुन् । दुर्घटनापछि मृतकको शव पोष्टमार्टमका लागि उर्लाबारीस्थित मंगलबारेको मदन भण्डारी अस्पतालमा पठाइएको छ । बस चालक कन्काई नगरपालिका–७ का ५१ वर्षीय सोमलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares