६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

गृहमन्त्री लेखकलाई राजावादीको त्रास

द नेप्लिज संवाददाता
५ वैशाख २०८२, शुक्रबार

Advertisement

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई अन्त्य गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारेका छन् । पोखरामा शुक्रबार  आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधानले प्रदत स्वतन्त्रताको अधिकारभित्र रहेर शान्तिपूर्ण गतिविधि गर्न सबैलाई छुट रहेको बताए ।

उनले भने, ‘सरकार, कुनै पार्टी वा नेता मन नपरे निर्वाचनमार्फत हराउन सकिन्छ । लोकतन्त्रभित्र बसेर आफ्ना गतिविधि गर्नु आवश्यक छ ।’ पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा हालै भइरहेका प्रदर्शनहरूतर्फ संकेत गर्दै उनले जबरजस्ती र विध्वंसात्मक गतिविधिले देशलाई अस्थिरतातर्फ धकेल्ने चेतावनी दिए । ‘यस्ता गतिविधि नियन्त्रण गर्नु र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सरकार र सबै नागरिकको साझा जिम्मेवारी हो,’ उनले भने ।

गृहमन्त्री लेखकले लोकतान्त्रिक प्रक्रियामार्फत सरकार परिवर्तन सम्भव रहेको भन्दै संविधानविरुद्धको कुनै पनि कदम अस्वीकार्य हुने बताए । ‘सरकार बदल्न पाइन्छ । पाँच–पाँच वर्षमा आवधिक निर्वाचन हुन्छ, जहाँ आफूलाई मन लागेको पार्टी वा नेतालाई जिताउन वा हराउन पाइन्छ । तर लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई च्यात्ने, भत्काउने वा फाल्ने कुरा गर्न पाइँदैन,’ गृहमन्त्री लेखकले भने ।
 

प्रकाशित : ५ वैशाख २०८२, शुक्रबार 15:29

थप समाचार

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved