काठमाडौँ — गृहमन्त्री रमेश लेखकले तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने स्पष्ट गरेका छन् ।
सिभिल अस्पतालमा बुधबार घाइतेहरूसँग भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले चैत्र १५ को प्रदर्शनमा घाइते भएकाको निःशुल्क उपचार सुनिश्चित गरिने बताए । उनले भने, ‘सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरिसकेको छ र त्यो कार्यान्वयनमा पनि प्रतिबद्ध छ ।’
उनका अनुसार घाइतेहरूले औषधि बाहिरबाट खरिद गर्नु परेको भए पनि त्यसको बिल अस्पतालमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरेपछि सरकारले उक्त खर्च फिर्ता गर्नेछ । घाइतेका आफन्तले राखेको ‘उपचारपछिको भविष्यका लागि सरकारले के गर्छ ?’ भन्ने प्रश्नमा गृहमन्त्री लेखकले सरकारको ध्यान रहने र आवश्यक सहयोगका उपायहरूबारे विचार भइरहेको जानकारी दिए ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares