काठमाडौं– गणतन्त्रको पक्ष र विपक्षमा शक्ति प्रदर्शन तीव्र बन्दै गएको छ । यही चैत १५ मा काठमाडौंमा गणतन्त्र पक्षधर र राजसंस्थावादी समूहले अलगअलग स्थानमा प्रदर्शन गर्ने तयारी गरेका छन् । समाजवादी मोर्चाले भृकुटीमण्डपलाई सभा स्थल तोकेको छ भने राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै पूर्वराजावादी समूहले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।
गणतन्त्र पक्षधरको प्रदर्शन
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्दैछन् । यी दलहरू आबद्ध समाजवादी मोर्चाले प्रदर्शन तथा आमसभा गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिइसकेको छ ।
राजसंस्थावादीको शक्ति प्रदर्शन
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौंको तीनकुनेमा शक्ति प्रदर्शनको तयारी गरेको छ । यस्तै नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले पनि सोही दिन प्रदर्शन गर्ने घोषणा गरेको छ । सुवेदी नेतृत्वको समूहले प्रशासनसँग समन्वय नगरेपनि उनीहरू प्रसाईं नेतृत्वको समूहसँग मिलेर प्रदर्शन गर्ने तयारीमा रहेको सुरक्षा स्रोतहरूले जनाएका छन् ।
सुरक्षा रणनीति कडा
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ऋषिराम तिवारीले भृकुटीमण्डप र तीनकुनेमा हुने प्रदर्शनबारे प्रशासनलाई जानकारी भएको बताए । गृह मन्त्रालयको चैत १० मा बसेको सुरक्षा समितिको बैठकमा दुवै प्रदर्शनलाई लिएर छलफल भएको थियो । उच्च सुरक्षा स्रोतका अनुसार दुवै प्रदर्शनमा सम्भावित झडप रोक्न प्रशासन विशेष सतर्कतामा छ ।
प्रदर्शनलाई लिएर काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता बढाइएको छ । प्रजिअ तिवारीका अनुसार कुनै पनि समूहले अव्यवस्था निम्त्याए कानुनअनुसार कडा कदम चालिनेछ । प्रहरी स्रोतका अनुसार तीनकुनेमा हुने प्रदर्शनमा प्रमुख अतिथि नवराज सुवेदी हुने संकेत छ ।
दुई धारको प्रदर्शनले बढायो राजनीतिक तरंग
गणतन्त्र समर्थक र राजसंस्थावादीहरूको एउटै दिन प्रदर्शन गर्ने निर्णयले राजनीतिक वातावरण तातेको छ । समाजवादी मोर्चाले लोकतन्त्रको सुदृढीकरणका लागि प्रदर्शन गर्ने बताएको छ भने राजसंस्थावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग अघि सारेका छन् । चैत १५ को प्रदर्शन शान्तिपूर्ण रहने वा झडपको रूप लिने भन्ने विषयमा सबैको चासो छ । प्रशासनले दुवै समूहलाई जिम्मेवार भएर प्रदर्शन गर्न आह्वान गरेको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares