धनगढी- कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ। मानव बेचबिखन मुद्दामा पक्राउ परेकी ५० वर्षीया मीना शाही दमाइ शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी थिइन्।
उनलाई भारतको पलिया क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले पुष्टि गरे। दमाइलाई मानव बेचबिखन मुद्दामा पक्राउ गरी म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेका बेला उनी फरार भएकी थिइन्।
थुनुवा हतकडीसहित फरार भएपछि जिम्मेवारीमा रहेको प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी विष्टले जानकारी दिए। पक्राउ परेकी दमाइलाई नेपाल ल्याई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares