६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

सप्तरीका प्रहरीले ड्युटीमा मोबाइल चलाउन नपाउने

द नेप्लिज संवाददाता
२३ फागुन २०८१, शुक्रबार

Advertisement

विराटनगर-  सप्तरीमा ड्युटीको बेला प्रहरी कर्मचारीले मोबाइल चलाउन नपाउने भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले ड्युटी गरिरहेका बखत कमान्डरबाहेक अन्य प्रहरीले मोबाइल चलाउन नपाइने आचार संहिता बनाएको छ ।  कमान्डरले पनि अत्यावश्यक परेको खण्डमा मात्र ड्युटीकै कामका लागि मोबाइल प्रयोग गर्न पाउँछन् ।

ड्युटीमा प्रहरीले मोबाइल चलाउदा सुरक्षा निगरानी प्रभावकारी हुन नसकेको, दैनिक कामको गुणस्तर खस्कने गरेको र मोबाइलतर्फ ध्यान हुँदा प्रहरी आफै पनि असुरक्षित हुन सक्ने भएकाले सावधानीका लागि रोक लगाएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।

यो नियमलाई सप्तरी प्रहरी कार्यालयले कडाइका साथ कार्यान्वयन गरेको छ ।  प्रहरीले छुट्टै टोली पठाएर पनि ड्युटीमा तैनाथ प्रहरीसँग मोबाइल छ/छैन भनेर चेक गर्छ ‌।

ड्युटीमा पनि प्रहरीहरु मोबाइलमा लामो समय गफिदै बस्ने, नागरिकका समस्या ध्यानले नसुन्ने र फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा व्यस्त रहने जनगुनासोपछि ड्युटीका बेला मोबाइल प्रयोगमा रोक लगाइएको एसपी खतिवडाले बताए ।

भारतको दिल्ली प्रहरीले पनि यो नियम लागू गरेको छ ।‌ जिम्बाम्बे लगायत विश्वका धेरै देशका सरकारले प्रहरीलाई संभावित घातक सुरक्षा जोखिमबाट जोगाउन ड्युटीमा मोबाइलको प्रयोगमा बन्देज लगाएको छ ।

प्रकाशित : २३ फागुन २०८१, शुक्रबार 23:06
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved