विराटनगर– सामाजिक सञ्जालमा संगठनको पोसाकमा विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो बनाइ अपलोड गरेको पाइए पछि १ सय २० जनालाई विभागीय कारबाही गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
केन्द्रीय प्रवक्ता कुमार न्यौपानेका अनुसार उनीहरुले फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा ती दृश्य सामग्री अपलोड गरेका थिए । कारबाही परेकाहरूमा नायव निरीक्षक ४ , सहायक निरीक्षक ५ , वरिष्ठ हवल्दार ६, हवल्दार ३, सहायक हवल्दार ९ , जवान ९१ र परिचर २ छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक संझाइबुझाइ गराइएको उनले बताए ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले सामाजिक सञ्जालमा अमर्यादित ढंगको तस्बिर तथा भिडियो बनाइ अपलोड गर्ने २८ सशस्त्र प्रहरी कर्मचारीहरूमाथि विभागीय कारबाही गरी विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयहरूलाई निर्देशन समेत दिएको छ । फागुन ४ मा मातहत कार्यालयहरूमा आदेशात्मक पत्राचार गर्दै कारबाही गर्न भनिएकाहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक ६ , सहायक हवल्दार १ र जवान २१ जना रहेको प्रवक्ता न्यौपानेले बताए ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares