६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

कुटाइ खाने प्रहरी नै छानबिनमा

प्रहरी कुट्ने जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
द नेप्लिज संवाददाता
२ फागुन २०८१, शुक्रबार

Advertisement

विराटनगर– एमाले निकट विद्यार्थीहरुबाट कुटिएका प्रहरीलाई कारबाही गर्ने तयारी अनुसार छानबिन थालिएको छ । काठमाडौंको ठमेलमा ड्युटिमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट कुटपिटबाट घाइते भएका थिए ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताबाट प्रहरी कुटिएको सीसीटीभी फुटेज सार्वजनिक भए पछि नागरिक समाजबाट दबाब बढेसँगै घटनामा संलग्न नेता–कार्यकर्ता कारबाहीको दायरामा आएका छन् । तर त्यो भिडिओ कसले, कसरी र किन सार्वजनिक गर्यो भन्दै काठमाडौँ प्रहरी परिसरले छानबिन गरिरहेको छ ।

घम्साघम्सीको भिडिओ बाहिरिए पछि सामाजिक सञ्जाल, सञ्चार माध्यमदेखि संसद्सम्म यो विषयले महत्व पाएको थियो । यो प्रकरणले सरकार माथि दबाब बढे पछि उन्मुक्ति दिइएका अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशी पनि पक्राउ परेका थिए । जानकारहरुका अनुसार सीसीटीभी फूटेज नभएको भए उनीहरु पक्राउ पर्दैन्थे । सत्ताको इशारामा हिंडने प्रहरीभित्रको एक खेमाको चलखेलका कारण त्यही भिडिओलाई लिएर परिसरले अहिले पीडित प्रहरी माथि छानबिन गरिरहेको छ ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय हुँदै लिखित निर्देशन आएपछि छानबिन गर्नुपरेको हो । अनेरास्ववियुका स्थायी कमिटी सदस्य जोशीको समूहले २४ माघको राति ठमेलमा प्रहरी हवल्दार  चौधरी र जवान विष्टलाई आक्रमण गरेको थियो । 

अर्कोतिर जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार प्रहरी माथि आक्रमण समूहको मुखिया जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो । 

यही प्रकरणमा माघ २७ मा जोशीका दुई सहयोगीलाई प्रहरीले पक्राउ गरेको थियो । तीन अझै फरार छन् । पक्राउ परेकाहरुलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाएको जनाएको छ ।


 

प्रकाशित : २ फागुन २०८१, शुक्रबार 19:17
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved