२० जेठ २०८२, मङ्गलबार 03 Jun 2025, Tuesday

कोशीसहित चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

द नेप्लिज संवाददाता
१८ जेठ २०८२, आइतबार

Advertisement

विराटनगर — देशको पश्चिमी र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहँदा कोसी प्रदेशमा भने मनसुनी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज आइतबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

उक्त प्रदेशहरूका थोरै स्थानमा तथा अन्य भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको उल्लेख गरिएको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारण बदलीको अवस्था रहनेछ। रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भेकका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार रातिको समयमा पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना कायमै छ।

#मौसम


प्रकाशित : १८ जेठ २०८२, आइतबार 07:27
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved