विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिताको शुक्रबार भएको पहिलो खेलमा पटनाको हाइपर क्रिकेट क्लबले विराटनगरको होराइजन क्रिकेट क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । दोस्रो खेलमा विराटनगरको वाइआरसीसीले विराटनगरकै सिद्धार्थ क्रिकेट क्लबलाई पराजित गर्दै फाइनलमा पुगको हो । जुट मिल्स क्रिकेट खेल मैदानमा शनिबार हुने फाइनल खेलमा पटना र विराटनगर आमने सामने हुने छन् ।
पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित १६ ओभरको खेलमा ८ विकेटको क्षतिमा ११३ रन बनायो । जसमा मिनास थापाले ३७ रन, फिर्दोस अन्सारीले १७ रन र प्रेम कामतले १४ रनको योगदान गरेका थिए । बलिङमा पटनाका लागि रिसब राकेशले ३ विकेट, विक्की रन्जनले २ विकेट, नन्द किशोर र पुरुसोत्तम कुमारले समान १–१ विकेट लिएका थिए ।
पटनाले पाएको ११७ रनको लक्ष्य १४ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गर्दै फाइनल यात्रा तय गरेको हो । जसमा विक्की रन्जनले ३४ रन, पुरुसोत्तम कुमारले ३२ रन र अनुज रन्जनले २७ रनको योगदान दिए । बलिङमा होराइजनका लागि फिर्दोस अन्सारीले ३ विकेट र दिपेश कँडेलले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच पटनाका विक्की रन्जनले नगर ३ हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा टस जितेर फिल्डिङ राजेका विराटनगरको वाइआरसीसीले पहिलो ब्याटिङको अवसर सिद्धार्थ क्रिकेट क्लबलाई दियो । सिद्धार्थले १३ ओभर ४ बल खेल्दै अलआउट भएर ७७ रनको लक्ष्य दिए । जसमा अविनाश कर्णले २०, नितेश यादवले १९, नुमार अहमदले १३ रनको योगदान गरे । बलिङमा वाइआरसीसीका लागि राम नरेश गिरीले ६ विकेट लिए भने नरेन साउद र अमित श्रेष्ठले समान २–२ विकेट लिएका थिए ।
७८ रनको लक्ष्य पाएको वाइआरसीसीले ७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै विजयी भयो । जसमा इमरान सेखले ३० रन, शंकर रानाले १८ रन र लोकेश बमले १४ रन बनाए । बलिङमा सिद्धार्थका लागि श्रवण यादव र दिवान पुनले समान २–२ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच वाइआरसीसीका राम नरेश गिरीले नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।
मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता श्रेष्ठले शनिबारको खेलका विजेता टोलीले २ लाख १ हजार र उपविजेता टोलीले १ लाख १ हजार नगदका साथै ट्रफी प्राप्त गर्नेछन् ।
खेलकुद
इण्डो–नेपाल क्रिकेटः पटना र सिराहा विजयी
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares