विराटनगर– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा कोशी प्रदेशस्थित १३७ पालिकामध्ये सबभन्दा बढी ८०.१५ अंक ल्याएर इलामको सूर्योदय नगरपालिका पहिलो स्थानमा रहेको छ । यस प्रदेशका पालिकाहरुमध्ये सबभन्दा कम ३२.९४ अंक मोरङको धनपालथान गाउँपालिकाले प्राप्त गरेको हो ।
देशभरिमा
महानगरमा भरतपुर पहिलो, विरगञ्ज अन्तिममा
उपमहानगरमा घोराही पहिलो, जनकपुरधाम अन्तिममा
नगरपालिकामा अमरगढी पहिलो, डाक्नेश्वरी र क्षिरेश्वर समान अंकसहित अन्तिममा
गाउँपालिकामा स्याङजाको कालिगण्डकी पहिलो र सप्तरीको तिलाठी कोइलाडी अन्तिममा
आयोगले १७ वटा सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गर्छ । बजेट समयमै पेस तथा पारित, खर्च व्यवस्थापन, बेरुजु फर्छ्योट, लेखापरीक्षकको सिफारिस कार्यान्वयन, स्थानीय सञ्चित कोषको व्यवस्थापन, आवधिक योजना निर्माण, राजस्वको उचित विभाजनका सूचक यसमा समाविष्ट छन् । घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापतको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिएका आधार पनि मूल्यांकनमा राखिन्छ ।
आफ्नो अधिकार क्षेत्रभित्र स्थानीयस्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे नगरेको पनि आयोगले हेर्छ । विद्यालय भर्नामा बालबालिकाको संख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्यालाई समेत सूचकमा राखिन्छ । कार्यसम्पादन मूल्यांकनकै आधारमा आयोगले आउँदो आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान सिफारिस गर्छ ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यसप्रदेशमा सबभन्दा बढी अंक ल्याउने दोस्रो पालिका ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले ७५.१५, तेस्रो स्थानमा ७५.१५ अंक ल्याएको विराटनगर महानगर, चौँथोमा पाँचथरको याङवरक गाउँपालिकाले ७१.९८, पाँचौँमा झापाको हल्दीबारी गाउँपालिकाले ७१.०२, छैठौँमा पाँचथरको फालेलुङ्ग गाउँपालिकाले ७०.७६, सातौँमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले ७९.८०, आठौँमा ताप्लेजुङको मेरिङ्गदेन गाउँपालिकाले ६९.१४, नवौँमा इलामको माई नगरपालिकाले ६८.१४ र दशौँ स्थानमा इलामको नै देउमाई नगरापालिकाले ६८.१३ अंक ल्याएको छ ।
यस्तै, सबभन्दा कम अंक ल्याउने यस प्रदेशका पालिकामध्ये दोस्रोमा झापाको गौरिगञ्ज गाउँपालिकाले ३३.९२, तेस्रोमा झापाको मेचीनगर नगरपालिकाले ३९.१८, चौँथोमा इटहरी उपमहानगरले ३९.७२, पाँचौँमा सुनसरीको देवानगञ्ज गाउँपालिकाले ४०.०१, छैठौँमा संखुवासभाको मादी नगरपालिकाले ४०.८५, सातौँमा खोटाङको दिपूङ चुइचुम्माले गाउँपालिकाले ४१.१२, आठाँमा सुनसरीको कोशी गाउँपालिकाले ४१.३१, नवौँमा संखुवासभाको भोटखोला गाउँपालिकाले ४१.८० र दशौँ स्थानमा मोरङको जहदा गाउँपालिकाले ४२.०८ अंक प्राप्त गरेको हो ।
आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा देशभरिको ५ वटा महानगरपालिकामध्ये सबभन्दा बढी भरतपुरले ७६.२२, दोस्रोमा ललितपुरले ७४.७१, तेस्रोमा विराटनगरले ७३.५५, चौँथोमा काठमाडौंले ५४.३१ र सबभन्दा कम विरगञ्ज महानगरले ४३.०६ अंक प्राप्त गरेको छ । कान्छो महानगरमध्येका विराटनगरले काठमाडौंभन्दा बढी अंक ल्याएर महानगरको कार्यसम्पादनमा उल्लेख्य सुधार ल्याएको छ । महानगर प्रमुखले अझै महानगरको कार्यसम्पादनलाई चुस्तदुरुस्त बनाउँदै लग्ने प्रयास जारी रहेको बताए ।
देशभरिका उपमहानगरमध्ये कोशी प्रदेशमा रहेको धरान र इटहरीको कार्यसम्पादन निराशाजनक नै रहेको छ । इटहरीले ३९.७२ अंक ल्याएर नवौँ स्थानमा रहेको छ । इटहरीभन्दा सुधारोन्मुख रहेको धरान उपमहानगरले ५६.३२ अंक ल्याएर छैठौँ स्थानमा छ । उपमहानगरहरुमा सबभन्दा राम्रो कार्यसम्पादन रहेको घोराहीले ६६.९४, दोस्रो स्थानमा रहेको धनगढीले ६३.२५, तेस्रो हेटौँडाले ६२.५१, चौँथो बुटबलले ६०.७२, पाँचौँ तुल्सिपुरले ५७.४२, सातौँ नेपालगञ्जले ४६.८९, आठौँ सिमराले ४४ र ३५.७९ अंक ल्याएर दशौँ तथा अन्तिम स्थानमा जनकपुरधाम उपमहानगर रहेको छ ।
नगरपालिकातर्फ सबभन्दा राम्रो कार्यसम्पादन रहेको डडेलधुराको अमरगढी नगरपालिकाले ८१.६६ अंक ल्याएको छ भने नगरपालिकातर्फ सबभन्दा कम अंक सप्तरीको डाक्नेश्वरी र धनुषाको क्षिरेश्वरले समान २९.७६ अंक प्राप्त गरेको छ ।
यस्तै, गाउँपालिकातर्फ सबभन्दा बढी अंक ७८.१८ अंक ल्याएर स्याङजाको कालिगण्डी गाउँपालिकाले राम्रो कार्यसम्पादन गरेको छ भने सबभन्दा कम अंक २९ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले प्राप्त गरेको छ । मधेस प्रदेशका पालिकाहरुको कार्यसम्पादन निराशाजनक रहेको छ ।
समाचार
संविधान र गणतन्त्रको रक्षामा तीन शीर्ष दलको सहमति
द नेप्लिज संवाददातासंघीय निजामती विधेयकविरुद्ध स्थानीय तहका कर्मचारीको आन्दोलन सुरु
द नेप्लिज संवाददाताराप्रपाको चेतावनीपछि गृह मन्त्रालयको कडा सन्देश
द नेप्लिज संवाददाता‘२०८२ जेठ १५ मा गणतन्त्रको अन्त्य हुने’
द नेप्लिज संवाददाताराजावादी प्रदर्शन, शिक्षकको रणनीति परिवर्तन, राजधानीमा आज तनाव बढ्ने संकेत
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares