गाजाका २१ लाख जनसंख्या मध्ये अधिकांश पटक–पटक गरी विस्थापित भइसकेका छन् । त्यहाँ करिब ७० प्रतिशत भवनहरू ध्वस्त भएका छन् । स्वास्थ्य, खानेपानी, सरसफाइ प्रणाली पूर्ण रूपमा ध्वस्त भएका छन् । खाद्यान्न, इन्धन, औषधि तथा आश्रयको चरम अभाव छ ।
विराटनगर– इजरायलसँगको युद्ध सुरु भएयता गाजामा हमासविरुद्धको सबैभन्दा ठूलो प्रदर्शन भएको छ । सयौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएर हमासलाई सत्ताबाट हट्न माग गरेका छन् ।
उत्तरी गाजाको बेइत लाहियामा मंगलबार भएका प्रदर्शनहरूमा युवाहरू ‘बाहिर जाओ, बाहिर जाओ, हमास बाहिर जाओ’ भन्दै नारा लगाउँदै हिँडेका थिए । सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरिएका भिडियोहरूमा देखिएअनुसार हमासका नाकाबपोश लडाकुहरूले, केही बन्दुकसहित र केही लठ्ठी लिएर, प्रदर्शनकारीहरूलाई बलपूर्वक तितरबितर गरेका थिए । यस क्रममा उनीहरूले केही प्रदर्शनकारीहरूलाई कुटपिटसमेत गरे ।
प्रदर्शनपछि हमास समर्थकहरूले घटनालाई कम महत्व दिँदै सहभागीहरूलाई ‘देशद्रोही’ को संज्ञा दिएका छन् । हालसम्म हमासले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
यो विरोध प्रदर्शन इस्लामिक जिहाद लडाकुहरूले इजरायलतर्फ रकेट प्रहार गरेपछि इजरायलले बेइत लाहियाका धेरै भाग खाली गराउने आदेश दिएको भोलिपल्ट भएको हो । स्थानीय यस निर्णयबाट आक्रोशित भएका थिए ।
इजरायलले करिब दुई महिनाको युद्धविरामपछि पुनः सैन्य कारबाही थालेको छ । इजरायलले अमेरिकी प्रस्तावअनुसार युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकारेको भन्दै हमासलाई दोष लगाएको छ । तर हमासले इजरायल जनवरीमा भएको सम्झौताबाट पछि हटेको आरोप लगाएको छ ।
इजरायली आक्रमण पुनः सुरु भएयता १८ मार्चदेखि सयौँ प्यालेस्टिनी मारिएका छन् भने हजारौँ विस्थापित भएका छन् । प्रदर्शनमा सहभागी भएका बेइत लाहियाका बासिन्दा मोहम्मद दियाबले युद्धका क्रममा आफ्नो घर गुमाएका छन् भने उनका दाजु एक वर्षअघि इजरायली आक्रमणमा मारिएका थिए ।
‘हामी कसैको लागि मर्न अस्वीकार गर्छौँ, कुनै पनि दलको स्वार्थ वा विदेशी राष्ट्रहरूको एजेन्डाका लागि होइन,’ उनले भने । ‘हमासले सत्ताबाट हट्नुपर्छ र पीडितहरूको आवाज सुन्नुपर्छ । भग्नावशेषमुनिबाट उठेको आवाज नै सबैभन्दा सत्य आवाज हो ।’
बेइत लाहियाबाट आएको भिडियोहरूमा प्रदर्शनकारीहरू ‘हमास शासन अन्त्य गर, मुस्लिम ब्रदरहुड शासन अन्त्य गर’ भन्दै नाराबाजी गरिरहेका देखिन्छन् ।
सन् २००६ को चुनावमा जित हात पारेपछि हमासले २००७ देखि गाजामा पूर्ण रूपमा नियन्त्रण जमाएको थियो ।
युद्ध सुरु भएयता गाजामा हमासको खुलेआम आलोचना बढेको छ, सडकदेखि सामाजिक सञ्जालसम्म । यद्यपि हमासका कट्टर समर्थकहरू पनि अझै बलियो रूपमा टिकिरहेका छन् जसका कारण समूहको लोकप्रियतामा कति परिवर्तन आएको छ भन्ने कुरा ठ्याक्कै मापन गर्न गाह्रो छ । यसअघि पनि हमासविरुद्ध असन्तोष थियो तर प्रतिशोधको डरले अधिकांश विरोध लुकेरै रहने गथ्र्यो ।
गाजाका मोहम्मद अल–नज्जारले फेसबुकमा लेखेका छन्, ‘माफ गर्नुहोस्, तर हमासले केमा बाजी मारिरहेको छ? तिनीहरू हाम्रो रगतमा बाजी मारिरहेका छन्, जुन सारा संसारले केवल संख्या मात्र देख्छ ।’ ‘यहाँसम्म कि हमासले पनि हामीलाई संख्याका रूपमा मात्रै हेर्छ। सत्ताबाट हट, हामीलाई हाम्रो घाउहरू उपचार गर्न देऊ ।’
गाजामा युद्ध हमासले २०२३ को अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको थियो । उक्त आक्रमणमा करिब १ हजार २ सय जना प्रायः सर्वसाधारण मारिएका थिए । २ सय ५१ जनालाई अपहरण गरिएको थियो ।
जवाफमा इजरायलले गाजामा हमासलाई नष्ट गर्न सैन्य कारबाही सुरु गर्यो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार कारबाहीमा हालसम्म ५० हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।
गाजाका २१ लाख जनसंख्या मध्ये अधिकांश पटक–पटक गरी विस्थापित भइसकेका छन् । त्यहाँ करिब ७० प्रतिशत भवनहरू ध्वस्त भएका छन् । स्वास्थ्य, खानेपानी, सरसफाइ प्रणाली पूर्ण रूपमा ध्वस्त भएका छन् । खाद्यान्न, इन्धन, औषधि तथा आश्रयको चरम अभाव छ ।
विश्व/प्रवास
चीनद्वारा आफ्ना नागरिकलाई अमेरिका यात्रामा सतर्कता अपनाउन आग्रह
द नेप्लिज संवाददाताम्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares