काठमाडौँ – राप्रपाका नेताहरु धवल शमशेर राणा र रविन्द्र मिश्रलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । चैत १५ को तीनकुनेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको सांसद समेत रहेका राणा र मिश्रमाथि राज्यविरुद्धको आरोप लगाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उक्त अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले राज्यविरुद्धको अपराध कसुरमा राणासहित २० जनालाई थप अनुसन्धान गर्न १५ दिनको म्याद थप दिइएको बताए । तीनकुने घटनामै संलग्न रहेको आरोपमा आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न अरु ७८ जनालाई पनि प्रहरीले पक्रेको छ । उनीहरुलाई अनुसन्धानका लागि थप २० दिनको म्याद अदालतले दिएको छ ।
राजसंस्था पुनःस्थापनका लागि भन्दै दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलन अनियन्त्रित हुँदा दुई जनाको ज्यान जानुका साथै निजी घर, पार्टी कार्यालय, सवारी साधन, सपिङ कम्प्लेक्समा आगजनी तथा तोडफोड भएको थियो ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares