९ वैशाख २०८२, मङ्गलबार 22 Apr 2025, Tuesday

१७ वर्षीयालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय पक्राउ

द नेप्लिज संवाददाता
८ वैशाख २०८२, सोमबार

Advertisement

विराटनगर– रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, खजहनामा १७ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा एक ५० वर्षीय पुरुष पक्राउ परेका छन् । पीडित परिवारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले आइतबार साँझ दिपक कुमार क्षेत्रीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आरोपित क्षेत्रीले ती किशोरीसँग जबरजस्ती करणी गरेको आरोप छ । घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु भइसकेको र विस्तृत अनुसन्धानको क्रममा सबै पक्षहरू उजागर गरिने प्रहरीले जनाएको छ ।

नेपालको फौजदारी संहिताअनुसार १८ वर्षमुनिका व्यक्तिमाथिको बलात्कारलाई विशेष रूपमा गम्भीर आपराधिक घटनाको रूपमा लिइन्छ । बालबालिकाको यौन दुरुपयोगसम्बन्धी कसुरमा दोषी ठहरिएमा न्यूनतम १० वर्षदेखि अधिकतम १५ वर्षसम्म कैद सजायको व्यवस्था छ । यसैगरी बालिकाको उमेर र घटनाको प्रकृति हेरेर अभियुक्तमाथि थप कडा कानुनी कारबाही हुन सक्ने संभावना रहन्छ ।

पीडितलाई तत्काल स्वास्थ्य परीक्षण तथा मनोवैज्ञानिक परामर्श आवश्यक हुन्छ भन्नेमा मानव अधिकारवादी तथा बाल अधिकारकर्मीहरू जोड दिन्छन् । यस्ता घटनाले पीडितमात्र होइन, समग्र समाजमा डर, असुरक्षा र आक्रोशको वातावरण सिर्जना गर्छ ।

नेपालमा पछिल्ला वर्षहरूमा किशोरी तथा बालिकामाथि यौनजन्य अपराधका घटना उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ । प्रहरीको तथ्यांकअनुसार बाल यौनदुरुपयोगका अधिकांश घटना चिनेजानेका, आफन्त वा छिमेकीबाट हुन्छ । यसले पीडितको न्याय खोज्ने यात्रालाई झन जटिल बनाउँछ ।
 

प्रकाशित : ८ वैशाख २०८२, सोमबार 18:37
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved