विराटनगर– काभ्रेको धुलिखेलमा विद्युत पोलमा करेन्ट लागेर ज्यान गुमाएका सर्लाही ईश्वरपुर–१२ का २८ वर्षीय उपेश नेपाली (परियार)का परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र रोजगारी दिने सहमति भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मृतककी श्रीमती रस्मिला परियार, सुदीप निर्माण सेवा प्रालिका प्रोप्राइटर दीपक प्रसाद धिताल र नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रबीच लिखित सहमति भएको हो।
सहमति अनुसार सात दिनभित्र रस्मिला र संयोजक केशव दमाईको संयुक्त खातामा १० लाख रुपैयाँ जम्मा गरिनेछ। साथै विद्युत् प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावलीअनुसार थप ५ देखि १० लाख रुपैयाँसम्म उपलब्ध गराउनेछ।
श्रीमती रस्मिलालाई योग्यता अनुसार विद्युत प्राधिकरणको कार्यालयमार्फत घर पायक रोजगारी दिने सहमति पनि भएको छ। सहमति पत्रमा प्राधिकरणका प्रमुख अमृतबाबु अधिकारी, धिताल र रस्मिलाले हस्ताक्षर गरेका छन्। शनिबार बिहान धुलिखेल–७ संजीवनी चोकमा कार्यरत उपेशको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो।
#उपेश# नेपाली
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares