४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

वैदेशिक रोजगारीका दुई ठग पक्राउ

द नेप्लिज संवाददाता
८ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर–   आकर्षक तलबको लोभ देखाएर सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ–२ लाजिम्पाट बस्ने धादिङ त्रिपुरासुन्दरी–७ का ३७ वर्षीय सरन थापा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ पेप्सीकोला बस्ने इलाम सूर्योदय नगरपालिका–१० का  ३२ वर्षीय मिकेश सुवेदी छन् ।  

सरनले सिंगापुर पठाइदिने भनेर १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रूपैयाँ र मिकेशले चेक रिपब्लिक मिलाइ दिने भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पीडितहरुको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सरनलाई सोमबार र मिकेशलाई मंगलबार पक्राउ गरेको हो । 
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

प्रकाशित : ८ फागुन २०८१, बिहीबार 13:58
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved