विराटनगर– नेपाल उद्याेग वाणिज्य महासंघ काेशी महिला उद्यमी विकास समितिले विराटनगरकाे जैन भवनमा आयाेजना गरेकाे तीन दिने ढाका महाेत्सवमा तान बुनाइ प्रतियाेगिताकाे प्रथम पुरस्कार तेह्रथुमकी शान्तिला फुदुङले जितेकी छिन् ।
फक्तालुङ ढाका कपडा उद्याेगकी सञ्चालिका फुदुङले नगद ११ हजार र सम्मानपत्र प्राप्त गरिन् । झापाकाे एमएस ढाका सेन्टरकी सञ्चालिका कृष्णमाया लिम्बूले द्वितीय र सुनसरीकाे दिव्य ढाका उद्याेगकि सञ्चालिका धनकुमारी तामाङ्ले तृतीय पुरस्कार प्राप्त गरिन् । द्वितीय स्थान हासिल गर्ने लिम्बूले ७ हजार १ सय नगद र प्रमाणपत्र र तृतीय भएकी तामाङ्ले ५ हजार १ सय नगद र प्रमाणपत्र प्राप्त गरिन् ।
तान बुनाइ प्रतियाेगिता विजेताहरूलाई विराटनगर महानगर उपप्रमुख शिल्पा निराला कार्कीले नगद र प्रमाणपत्र हस्तान्तरण गरेकी हुन् । प्रथम पुरस्कारकाे प्रायाेजन जीफाेर कलेक्शन इटहरीकी गायत्री भण्डारी, द्वितीय पुरस्कारकाे उद्याेगी श्रवण अग्रबाल र तृतीयकाे उद्याेगी देवकीनन्दन अग्रबालले प्रायाेजन गरेकाे आयाेजकले जाजकारी गराए ।
अर्थ/वाणिज्य
राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
द नेप्लिज संवाददाताराष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा, सत्ता साझेदारबीच सहमति
द नेप्लिज संवाददातादेशमा सपना छैन कि व्यवस्था विश्वासिलो छैन ?
जितेन्द्र साहगभर्नर बन्नै लागेका डा. गुणाकर भट्टको योग्यतामाथि प्रश्न/अपडेटेड
द नेप्लिज संवाददाताअतिरिक्त सचिव पदको बहसमा कांग्रेस एक्लियो
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares