विराटनगर– कैलालीको घोडाघोडी नगरपालिका-९ स्थित सिमली जंगलमा अनुमति बिना बसेका एक सयभन्दा बढी विदेशी नागरिकलाई प्रशासनले २४ घण्टाभित्र क्षेत्र खाली गर्न आदेश दिएको छ। भारत, अमेरिका, चीनलगायत विभिन्न देशका नागरिक 'रेन्बो फेमिली ग्यादरिङ' नामक समूहको रूपमा करीब एक साता अघि देखि उक्त जंगल क्षेत्रमा पुगेका थिए । सरकारी निकायबाट कुनै स्वीकृति नलिई वन क्षेत्रमा अस्वाभाविक गतिविधि गरिरहेको गुनासो आएपछि प्रशासनले उनीहरूलाई तत्काल क्षेत्र खाली गर्न निर्देशन दिएको हो।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमालसहित सुरक्षा निकायका प्रमुखहरू बिहीबार सिमली जंगल पुगेका थिए। निरीक्षणपछि उनले विदेशी नागरिकहरूलाई २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका छन्। प्रजिअ हमालले भने, 'उनीहरूले नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति लिएको देखिएन। स्थानीयबासीहरूले अस्वाभाविक गतिविधि भइरहेको गुनासो गरेपछि हामी अनुगमन गर्न पुगेका थियौँ। कानुनी प्रक्रिया अनुसार उनीहरूलाई क्षेत्र खाली गर्न निर्देशन दिएका छौँ।'
अनुगमनका क्रममा ती विदेशी नागरिकहरूले आफूहरू 'नेचर लभर' (प्रकृतिमा रमाउने व्यक्ति) भएको दाबी गरेका थिए। तर अनुमति बिना वन क्षेत्रमा बस्नु कानुनी रूपमा गलत भएकाले प्रशासनले आवश्यक कदम चालेको हो।
पत्रकारमाथि आक्रमण: प्रेस स्वतन्त्रतामाथि प्रहार
यसैबीच सोही विषयमा समाचार लेख्ने पत्रकार प्रकाश मिश्रमाथि आक्रमण भएको छ। घोडाघोडी -१० पहलमानपुरको सृजना होटेलका सञ्चालक ४० वर्षीय चेतबहादुर सिंह र सोही नगरपालिका-१ को अजुवा क्याफेका सञ्चालक ४८ वर्षीय डबलबहादुर शाहले पत्रकार मिश्रलाई लछारपछार गर्दै आक्रमण गरेको भन्दै प्रहरीमा मुद्दा दर्ता भएको छ। पत्रकार मिश्रले उनीहरूको विरुद्धमा अभद्र व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गराएका हुन्।
पत्रकार मिश्रले सिमली जंगलमा विदेशी नागरिकको रहस्यमय जमघट शीर्षकको समाचार लेखेका थिए। उक्त विषयमा मिश्रमाथि अभद्र व्यवहार गरिएको आरोपमा जाहेरी दरखास्त दिइएको छ। मिश्रको दरखास्तमा लेखिएको छ, 'विभिन्न अश्लील शब्द प्रयोग गरी गाली-गलौज गर्दै लछारपछार पार्दै धक्का मुक्का गर्नुका साथै हातपातसमेत गरी ढुंगा-मुढा प्रयोग गरी भट्टाले टाउँकोमा हान्न खोज्दा उक्त घटनास्थल नजिक रहेका वडासदस्य रोहित बमलगायत स्थानीय आएर छुट्याउने क्रममा उक्त घटनास्थलबाट भागी ज्यान बचाएको हुँ।'
पत्रकार मिश्रसँगै उनीहरूले १५ वर्षीय सुशील शाहलाई समेत भिडिओ बनाएको भन्दै गाली गरेका जाहेरीमा भनिएको छ। डबलबहादुर शाहलाई इलाका प्रहरी कार्यालय, सुखडले नियन्त्रणमा लिएको छ।
घटनाको नेपाल पत्रकार महासंघ कैलाली, सुदूरपश्चिम प्रदेश समिति, पत्रकार महासंघ केन्द्रीय समितिलगायतका संघसंस्थाले विरोध गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
प्रेस स्वतन्त्रतामाथि भएको यस प्रकारको आक्रमणले लोकतान्त्रिक मूल्य र मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ। यसले सञ्चारकर्मीहरूको सुरक्षाप्रति राज्यको जिम्मेवारी र प्रतिबद्धतामाथि पुनर्विचार गर्न आवश्यक देखिन्छ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares