विराटनगर– अमेरिकाको दक्षिण र मध्यपश्चिम क्षेत्रलाई तहसनहस पार्ने आँधी र बाढीका कारण १८ जनाको मृत्यु भएको छ । शनिबारको आँधी र त्यसपछि लगातार वर्षा पछि आएको बाढीले आइतबारसम्म मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
मृत्यु हुनेमा टेनिसीको पश्चिम भू–भागका १०, केन्टकीका २, मिसौरीका २, इन्डियानाका १ र अर्कान्सासका १ जना छन् । दुई जनाको ठेगाना अझै खुलाइएको छैन ।
अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधी र टेनीसी, केन्टकीमा लगातार भारी वर्षाका कारण नदीको बहाव बढेर बाढी आएको थियो । सबैभन्दा बढी क्षति टेनिसीमा पु¥याएको छ । टेनिसीमा आँधीमा १० जनाको मृत्यु भएको छ ।
हजारभन्दा बढी घर, व्यवसायिक संरचना, सडक र सार्वजनिक स्थलहरू जलमग्न भएका छन् । केन्टकीमा एक ९ वर्षीय बालक स्कुल बसतर्फ जाने क्रममा बाढीले बगाएको र अर्कान्सासमा एक ५ वर्षीय बालकको घरमाथि रुख ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मिसौरीमा आँधीमा फसेका मानिसहरूको उद्धार गर्ने क्रममा भएको दुर्घटनामा परी १६ वर्षीय स्वयंसेवकको मृत्यु भएको थियो ।
केन्टकी राज्यको फ्रयाङ्कफोर्ट सहरका मेयर लेइन विल्करसनका अनुसार नदीको गहिराइ आइतबार ४७ फिटभन्दा माथि पुगेको थियो । सोमबार बिहानसम्म ४९ फिटभन्दा माथि पुग्ने अनुमान गरिएको छ । सहरको फ्लड वाल सिस्टम ५१ फिट पानी थेग्न सक्षम भएकाले ५१ फिटभन्दा कम पानी सहरमा पस्नबाट रोक्न सकिने मेयर विल्करसनले बताए ।
केन्टकीको उत्तर–मध्य क्षेत्रमा आपतकालीन अधिकारीहरूले फलमाउथ र वटलरका लागि संरचना खाली गर्न आदेश दिएका छन् । अधिकारीहरूका अनुसार ३० वर्षअघि यो नदी ५० फिटसम्म पुगेको थियो र जसका कारण पाँच जनाको मृत्यु भएको थियो । त्यसैले यस घटनालाई पुनः नदोहो¥याउन संरचना खाली गर्न आदेश दिइएको छ ।
मौसम सेवाले अन्य स्थानहरूमा पनि बाढी आउन सक्ने चेतावनी जारी गरेको छ । यसअघि १६ मार्चमा दक्षिणी क्षेत्रका ६ राज्यमा शक्तिशाली आँधीका कारण ३४ जनाको मृत्यु भएको थियो । मौसमविद्हरूले अलाबामा, जर्जिया र फ्लोरिडाका केही भागहरूमा मुसलधारे वर्षा र आँधीको प्रभाव जारी रहेको चेतावनी दिएका छन् ।
(स्रोतः एशोसिएटेड प्रेस, नेशनल वेदर सर्भिस)
विश्व/प्रवास
चीनद्वारा आफ्ना नागरिकलाई अमेरिका यात्रामा सतर्कता अपनाउन आग्रह
द नेप्लिज संवाददाताम्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares