विराटनगर– कञ्चनपुरको कृष्णनगर नगरपालिका–१ का २२ वर्षीय राहुल बुढा राजधानीको प्रहरी हिरासतमा छन् । म्यासेजमार्फत फिसिङ लिंक पठाई ई–सेवा खातामा पहुँच बनाएर उनले १ करोड २ लाख रुपैयाँ चोरी गरेको अनुसन्धान निष्कर्ष उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ ।
कार्यालयले उनलाई वैशाख २ मा कालीमाटीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर, काठमाडौँमा बुझाएको थियो । अनुसन्धानका क्रममा राहुलसहित भारतीय नागरिकहरू संलग्न एक गिरोहले योजनाबद्ध रूपमा ‘पशुपतिनाथ ग्लोबल इनोभेसन प्रालि’ नामक कम्पनी दर्ता गरी मर्चेन्ट अकाउन्टमार्फत फिसिङ गतिविधि सञ्चालन गरेको खुलेको हो ।
राहुलका पिता भारतमा सुरक्षा गार्डका रूपमा कार्यरत छन् । प्रहरी अनुसन्धान अनुसार भारतबाट फोनमार्फत आएको प्रस्तावमा बुबाको आग्रहमा राहुलले काठमाडौँमा भारतीय नागरिकहरू भेटेका थिए । त्यसपछि २०८१ चैत ३ मा बागमती प्रदेश अन्तर्गतको उद्योग तथा वाणिज्य कार्यालय त्रिपुरेश्वरमा ‘पशुपतिनाथ ग्लोबल इनोभेसन प्रालि’ कम्पनी दर्ता गरियो । कम्पनीले कार्यालय कमलादीमा रहेको भनेर देखाए पनि पछि पुतलीसडकस्थित ठाउँमा बोर्ड राखेर फोटो खिचाइ उद्योग कार्यालयमा पेश गरिएको थियो ।
कम्पनीको नाममा खोलिएको ई–सेवा मर्चेन्ट खातामा राहुलसहित तीन जनाको पहुँच रहेको र राहुलको व्यक्तिगत खातामा समेत फिसिङबाट पैसा जम्मा भएको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका उक्त खाताबाट ४ हजार ३ सयभन्दा बढी ई–सेवा प्रयोगकर्ताको पैसा चोरी भएको छ ।
यसरी भयो खुलासा
२०८१ चैत २६ मा एक महिलाले आफ्नो ई–सेवा खाताबाट ९ हजार ७९० रुपैयाँ हराएको उजुरी दिँदै अपराध अनुसन्धान कार्यालय पुगेपछि अनुसन्धान सुरु भएको हो । १३ दिनसम्म एक डीएसपी नेतृत्वको अनुसन्धान टोलीले फिसिङको जालो फुकाउँदै राहुलसम्म पुर्याएका हो । । उनीहरूभन्दा माथिल्लो तहमा दुई जना भारतीय नागरिक संलग्न देखिएका छन् जसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फिसिङ म्यासेजहरू ‘द एलर्ट,’ वा ‘एट एलर्ट’ नामबाट आउने गरेको पाइएको छ । यसमा “तपाईंको ई–सेवा अकाउन्ट सस्पेन्ड हुन लागेको जानकारी गराउँछौं, कृपया कन्फर्म गर्नुहोस्,’ भनेर लिंक पठाइन्छ । उक्त लिंक क्लिक गरेपछि प्रयोगकर्ताको अकाउन्टमा पहुँच बनाइ तुरुन्तै रकम ट्रान्सफर गरिन्छ ।
राहुलले अनुसन्धानमा कम्पनीको खाताबाट आफूले दुई पटक गरी झन्डै १० लाख रुपैयाँ निकालेको र उक्त रकम भारतीयहरूलाई दिएको बयान दिएका छन् । कम्पनी अनलाइन गेमिङ र एन्टी भाइरस बिक्री गर्ने उद्देश्यसहित दर्ता गरिएको भए पनि त्यस्तो कुनै कारोबार नगरेर ठगीमा प्रयोग गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार यस्तो फिसिङबाट जोगिनका लागि अनजान नम्बर वा म्यासेजबाट आएका लिंकहरू क्लिक नगर्न र आधिकारिक एप वा वेबसाइटमार्फत मात्रै वित्तीय कारोबार गर्न आवश्यक छ ।
अर्थ/वाणिज्य
देशमा सपना छैन कि व्यवस्था विश्वासिलो छैन ?
जितेन्द्र साहगभर्नर बन्नै लागेका डा. गुणाकर भट्टको योग्यतामाथि प्रश्न/अपडेटेड
द नेप्लिज संवाददाताअतिरिक्त सचिव पदको बहसमा कांग्रेस एक्लियो
द नेप्लिज संवाददातास्थानीय असन्तुष्टिबीच प्रहरी सुरक्षामा नागढुंगा सुरुङमार्ग धमाधम निर्माण
अब सरकारी करार र ज्यालादारी श्रमिक पनि सामाजिक सुरक्षा कोषमा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares