सिरहा– सिरहामा एसईई परीक्षा केन्द्र तोक्ने विषय विवादित बनेको छ । जिल्ला शिक्षा समन्वय इकाइ सिरहाले निजी विद्यालयहरुको संगठन प्याब्शन र एनप्याब्शनसँगको मिलेमतोमा आउँदो एसईईको परीक्षाकेन्द्र तोक्ने षडयन्त्र गरिरहेको विषय बाहिरिएपछि चौतर्फी विरोध भइरहेको छ ।
प्याब्शन र एनप्याब्शनले जिल्लाभरिका आ–आफ्ना सदस्य निजी विद्यालयहरुबाट चाहेको विद्यालयमा परीक्षा केन्द्र निर्धारण गर्न विद्यार्थी संख्या हेरर ५० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएको निजी विद्यालय सञ्चालकहरु नै बताउँछन् । निजी विद्यालयहरुले पनि एसईई दिने परीक्षार्थीहरुबाट परीक्षा केन्द्र खर्च भन्दै २ हजारदेखि ५ हजारसम्म उठाएको अभिभावकहरुको भनाइ छ । विद्यार्थीहरुले एसईई परीक्षा केन्द्रमा चिट चोराउनका लागि उक्त रकम बुझाउने जिल्लाको पूरानै चलन रहेको छ ।
निजी विद्यालयहरुले परीक्षा केन्द्र खर्च परीक्षार्थीहरुबाट उठाएर एसईई परीक्षा सञ्चालन समिति, परीक्षा केन्द्रका केन्द्राध्यक्ष र परीक्षकहरुलाई मिलाउन खर्च गर्दै आएको निजी विद्यालयहरुका सञ्चालकहरु नै बताउँछन् । निजी विद्यालय सञ्चालकहरुले परीक्षामा चिट चोर्न लगाएर आ–आफ्ना विद्यालयको रिजल्ट राम्रो देखाउने र त्यसले विद्यालयमा विद्यार्थी आकर्षित गर्ने अस्त्रको रुपमा प्रयोग गर्दै आएका हुन् ।
यस विषयमा जानकारी लिन प्याब्शन सिरहाका अध्यक्ष उमेश चौधरी र एनप्याब्शन सिरहाका अध्यक्ष प्रदिप तिवारीसँग पटक पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।
शिक्षा क्षेत्रका सरोकारवाला तथा सामुदायिक विद्यालयका विद्यार्थी र अभिभावकहरूका साथै विद्यार्थी संगठनहरुले परीक्षा केन्द्र निर्धारण प्रक्रिया पारदर्शि हुनुपर्ने माग गरेका छन् । यस विषयमा सम्बन्धित निकायले आवश्यक छानविन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनीहरुको माग छ ।
अहिलेको प्रविधि युगमा पनि विद्यालय सञ्चालकहरुले विद्यार्थीबाट रकम असुली गरी चिट चोराएर एसईई उतिर्ण गराउनु लजास्पद विषय भएको विद्यार्थी नेता तथा शिक्षाविदहरुको भनाई छ । विद्यालयमा दक्ष शिक्षकमार्फत गुणस्तरीय शिक्षा दिन नसक्ने तर पैसाको बलमा विद्यालयको गुणस्तरीय रिजल्ट देखाउने परिपारिटीले जिल्लाको शैक्षिक अवस्था दिन प्रतिदिन खस्किदै गएको प्रति अभिभावकहरु समेत चिन्ता व्यक्त गर्छन् ।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र जिल्ला शिक्षा समन्वय इकाइका प्रमुखले समेत यो विषयमा बोल्न चाहेनन् । चैत ७ गतेबाट एसईई परीक्षा सञ्चालन कार्यतालिका रहेको छ ।
शिक्षा/प्रविधि
नयाँ वर्षको पहिलो दिन पनि आन्दोलनमै शिक्षक
द नेप्लिज संवाददातागहुँ काट्ने तरखरमा छौँ भने...
द नेप्लिज संवाददाताशिक्षा विधेयक छिटो पारित गर्ने सरकारी प्रतिबद्धता : परीक्षा प्रभावित नहोस् भनी आन्दोलन अन्त्यको आह्वान
द नेप्लिज संवाददाताविद्यालय शिक्षा ऐन पारित गर्ने तयारीसहित संसद अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस, शिक्षक महासंघ छलफलमा
द नेप्लिज संवाददाताशिक्षक आन्दोलन निर्णायक चरणमा : संसद्ले विद्यालय शिक्षा ऐन पारित नगरे ऐन नलिइ घर नफर्कने चेतावनी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares