विराटनगर– पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा आइतबार भारतको उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर बोकेका ५८ वर्षीय प्रदीपविक्रम राणाले नेपाल प्रहरीले खोजीरहेकाले भागेर गोरखपुर शरण लिनु परेको बताएका छन् । उनले ‘नवभारत टाइम्स’सँग आफूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएकै कारण भारतमा शरण लिनुपरेको बताएका छन् । नेपालबाट भागेर मंगलबार उत्तर प्रदेशको गोरखपुर आइपुगेको नवभारत टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ ।
राणालाई उद्धृत गरिएको समाचारमा भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप लगाइएको छ । पूर्वराजा ज्ञानेन्द्र पोखराबाट आइतबार काठमाडौं फर्किंदा आफू स्वागतका लागि त्रिभुवन विमानस्थलमा पुगेको राणाले बताएका छन् । उनले भनेका छन्, ‘यस क्रममा मैँले राजा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर एकसाथ बोकेको थिएँ । मलाई लाग्छ, जसरी योगीजी हिन्दु र हिन्दुत्वका लागि लगातार संघर्ष गर्दै आउनुभएको छ, उहाँ हामी सबैको वैश्विक नेता हो । धार्मिक मान्यता अनुसार पनि म उहाँलाई धेरै मन पराउँछु ।’
राणाले योगी आदित्यनाथसँग आफ्नो भेट कहिल्यै नभएको बताएका छन् । नवभारत टाइम्सको अनलाइन संस्करणमा राणालाई उद्धृत गर्दै लेखिएको छ, ‘ कुनै भारतीय राजनेतासँग भेट गरेको छैन, पैसा लिनु त परको कुरा । म आफ्नो राजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथजीको सम्मान गर्दछु । मेरो गल्ती यत्ति हो ।’ आफू नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्छ भन्ने पक्षमा संघर्षरत रहेको राणाले बताएका छन् । ‘म निकै मुस्किलले लुक्दै–भाग्दै त्यहाँबाट निस्किएँ । नेपालमा राजतन्त्र पुनर्वहाली गर्ने र फेरि नेपाललाई हिन्दु राष्ट्र बनाउने आफ्नो लडाइँ मेरो सास रहुन्जेलसम्म जारी राख्छु,’ उनले भनेका छन् ।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares