प्राकृतिक सौन्दर्य र साहसिक रोमाञ्चको केन्द्रविन्दु बनेको सगरमाथा हिमाल वसन्त ऋतुमा आरोहणका लागि सबैभन्दा उपयुक्त मानिन्छ । यही कारण यस याममा विदेशी पर्वतारोहीहरूको उल्लेख्य उपस्थिति देखिन्छ ।
विराटनगर– वसन्तकालीन पर्वतारोहण याम सुरु भएसँगै सगरमाथा लगायतका विभिन्न हिमालहरूमा आरोहणको चहलपहल तीव्र भएको छ । सगरमाथा आरोहणका लागि हालसम्म २ सय १४ जनाले अनुमति लिएका छन् भने सरकारको खातामा ३६ करोडभन्दा बढी रोयल्टी संकलन भएको छ ।
पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ वटा आरोहण समूहबाट ३८ महिला र १ सय ७८ पुरुष गरी २ सय १४ जनाले सगरमाथा आरोहणको अनुमति लिएका हुन् । यी आरोहीहरू ३१ वटा विभिन्न मुलुकका नागरिक रहेको विभागले जनाएको छ ।
विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहणको लागि अनुमति दिन थालेको थियो । विभागकी निर्देशक आरती न्यौपानेका अनुसार आरोहण अनुमति लिनेहरूको संख्या बढ्दै गइरहेको छ, र अधिकांश आरोही गन्तव्यतर्फ लागिसकेका छन् ।
यो याममा सगरमाथासहित विभिन्न १७ वटा हिमालहरूमा आरोहण अनुमति दिइएको छ । हालसम्म ५४ वटा आरोहण समूहबाट ९९ महिला र ३ सय ९८ पुरुष गरी ४ सय ९७ जनाले विभिन्न हिमाल तथा पिकहरू आरोहण गर्न अनुमति लिएका छन् । विभागका अनुसार यो सिजनको पर्वतारोहणबाट ३६ करोड ५८ लाख १५ हजार २७ रुपैयाँ रोयल्टी संकलन भइसकेको छ ।
सगरमाथा आरोहणका लागि आवश्यक पूर्वाधार निर्माण पनि सम्पन्न भएको छ । आधार शिविरदेखि दोस्रो शिविरसम्मको खुम्बु आइसफल क्षेत्रमा बाटो निर्माणको जिम्मेवारी सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले लिएको हो । समितिले १० जना ‘आइसफल डाक्टर’ खटाएर बाटो निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ ।
साथै सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्मको ‘रोप फिक्सिङ’ कार्य पर्वतारोहण सञ्चालक संघको व्यवस्थापनमा एट्के एक्सपीडिसन कम्पनीले गर्नेछ । प्राकृतिक सौन्दर्य र साहसिक रोमाञ्चको केन्द्रविन्दु बनेको सगरमाथा हिमाल वसन्त ऋतुमा आरोहणका लागि सबैभन्दा उपयुक्त मानिन्छ । यही कारण यस याममा विदेशी पर्वतारोहीहरूको उल्लेख्य उपस्थिति देखिन्छ ।
अर्थ/वाणिज्य
पेप्सीकोलामा ६० लाखको लुटपाट : संगठित गिरोहको संलग्नता, १३ जना पक्राउ, पीडित सम्पर्कविहीन
द नेप्लिज संवाददाताकोशी सरकारले पर्यटनको आधार तयार पार्दै
देव नारायण साहस्मार्टफोन र ल्यापटपलाई छुट, प्रविधि क्षेत्रले राहतको सास फेर्यो
द नेप्लिज संवाददाता‘ऊर्जा महायोजना’ को खाका बनाइरहँदा सरकारकै प्रतिवेदनले भन्यो : जलविद्युतमा जनताको लगानी डुब्ने खतरा
द नेप्लिज संवाददाताराष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares