विराटनगर — अमेरिकी उपराष्ट्रपति जेडी भेन्स चारदिने भारत भ्रमणमा सोमबार नयाँदिल्ली ओर्लिएका छन् । पत्नी उषा भेन्स र छोराछोरीसहित भारत आएका उनलाई पालम विमानस्थलमा केन्द्रीय सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले स्वागत गरे ।
भारत उनको ससुराली पनि हो । भेन्सकी पत्नी उषा भेन्स दक्षिण भारतीय हिन्दु आप्रवासी परिवारकी हुन् । ‘हिलबिली एलेजी’ शीर्षकको संस्मरणमा भेन्सले पत्नीलाई ‘भारतीय आप्रवासीकी अत्यन्त बुद्धिमान् छोरी’ भनेका छन् । उनीहरू यल ल स्कुलमा भेटिएका थिए ।
भेन्सले सोमबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीसँग लोककल्याण मार्गस्थित सरकारी निवासमा भेटवार्ता गरे । भेटमा दुई देशबीच आर्थिक साझेदारी, रक्षा सहकार्य, व्यापार सम्झौता, तथा वासिङ्टनको पछिल्लो व्यापार नीति र त्यसप्रति भारतको चासोलगायत विषयमा गहिरो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मोदी–भेन्स भेटवार्ता दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ पार्न केन्द्रित भएको बताइएको छ । हालै अमेरिकी प्रशासनले भारतीय वस्तुहरूमा भन्सार दर समायोजन गर्ने संकेत दिएका बेला भएको भेटलाई विशेष चासोका साथ हेरिएको छ ।
भेन्सको यो भारतप्रतिको पहिलो औपचारिक भ्रमण हो । भ्रमणक्रममा मंगलबार जयपुर र बुधबार आग्राको भ्रमण कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच वासिङ्टनमा भएको भेटवार्ताको दुई महिनापछि भएको हो । यसअघि ट्रम्पले भारतीय आयातमा २६ प्रतिशत भन्सार शुल्क घोषणा गरे पनि ९० दिनका लागि स्थगन गरेका थिए ।
मोदीले भ्रमणको अवसरमा भेन्सलाई भारत अमेरिकी वस्तुमा भन्सार दर घटाउन, कागजातविहीन आप्रवासीको व्यवस्थापन गर्न र सैन्य उपकरण खरिद गर्न तयार रहेको सन्देश दिएका थिए । त्यसपछि व्यापार सम्झौताका लागि दुवै देश वार्ता थाल्न सहमत भएका छन् । हाल दुई देशबीच वार्षिक १ खर्ब ९० अर्ब डलर बराबरको व्यापार हुँदै आएको छ । यो परिमाण सन् २०३० सम्ममा ५ खर्ब डलर पु¥याउने दुवै मुलुकको दीर्घकालीन लक्ष्य छ ।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares