६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

द नेप्लिज संवाददाता
१ चैत २०८१, शुक्रबार

Advertisement

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बसाइँ उपन्यास’का लेखक तथा साहित्यकार लीलबहादुर क्षेत्रीको निधनप्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत साहित्यकार क्षेत्रीको निधन भएको खबरले दुखित बनाएको भन्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् । 

प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ  एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन् । 

यो पनि :

‘बसाइँ’ उपन्यासका लेखक क्षेत्रीको निधन

‘लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको  कथा भन्छ,” स्रष्टा क्षेत्री र उनको सृजना बसाइँको आवरण पृष्ठको तस्विर पोष्ट गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन् ।  

साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गए राति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो । 

प्रकाशित : १ चैत २०८१, शुक्रबार 11:51
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved