विराटनगर– विद्यालय जीवनको महत्वपूर्ण माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि सुरु हुँदैछ । एसईईको एक महिना मात्र बाँकी रहेकाले प्रश्नपत्र बारेमा कौतुहुलता सबै नानीबाबुमा होला ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्रश्नपत्रको छपाइ सकेर प्याकिङ गरिंदैछ । चाँडै यो प्रदेश हुँदै स्थानीय तहमा पुग्छ । परीक्षा केन्द्रमा भने सम्बन्धित विषयको प्रश्नपत्र मितिअनुसार तोकिएको दिनमा पुग्छ ।
यसअघि सबै प्रश्नावली केन्द्रबाटै तयार पारिन्थ्यो । यो वर्ष प्रदेश तहबाट पनि शिक्षकले निर्माण गरेको प्रश्नपत्र तयार पारिएको छ । केन्द्र र प्रदेश तहबाट आएका प्रश्नहरू छनोट एवं संपादन गरेर अन्तिम रूप दिइएको छ । बोर्डले परीक्षा सञ्चालन एवं प्रश्न निर्माणका लागि एक महिनाअघि शिक्षकहरूलाई प्रशिक्षण पनि दिएको थियो । परीक्षा सकिए पछि उत्तरपुस्तिका पनि प्रदेशहरूमा जाँच र सम्परीक्षण गरिनेछ ।
केन्द्र र प्रदेशको समन्वयमा एसइई परीक्षा सञ्चालन हुँदैछ । प्रश्न र उत्तरपुस्तिकाको हकमा केन्द्रले र अन्य तयारी प्रदेशले गर्नेछ । प्रश्नपत्र तयार पार्ने, ढुवानी गर्ने, तथ्यांक अद्यावधिक गर्ने र नतिजा प्रकाशनको काम बोर्डले गर्छ भने अन्य काम प्रदेश तहलाई बाँडिएको छ ।
प्रश्नपत्र पठाउने जिम्मा बोर्डको हुन्छ । अन्य काम प्रदेश परीक्षा व्यवस्थापन समितिले गर्छ । आफ्नो प्रदेशमातहत रहेका विद्यालयमा समन्वय गर्ने, केन्द्रहरूमा उत्तरपुस्तिका उपलब्ध गराउने तथा संकलन गर्ने, जिल्ला परीक्षा समन्वय समिति बनाउने र प्रश्नोत्तर परीक्षण गराउनेसम्म प्रदेशले नै गर्छ । तथ्यांक विश्लेषण गरेर नतिजा केन्द्रले निकाल्छ । परीक्षाको बेला बोर्ड र प्रदेश मिलेर अनुगमनलगायतका काम पनि गर्छ ।
यतिको तयारी बारे भनिसके पछि कति जना नानीबाबुले परीक्षा दिंदैछन् भन्ने पनि मनमा आएको होला । बोर्डको अनुसार नियमित तर्फ ४ लाख ७० हजार र ग्रेडवृद्धितर्फ ५२ हजारले फारम भरेका हुन् । तर, सबैले जाँच दिन्छन् भन्ने पनि छैन । विभिन्न कारणले परीक्षामा अनुपस्थित नहुने पनि हुन्छन् । गत वर्ष ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले फारम भरेकामा चार लाख ७५ हजार २ सय ९८ मात्रै परीक्षा दिन आए ।
७७ वटै जिल्लाबाट प्राप्त तथ्यांक अनुसार यसपालि गत वर्षभन्दा १७ हजार ५ सय ८६ बढी अर्थात् पाँच लाख २२ हजार विद्यार्थीले फारम भरेको परीक्षा बोर्डका एक अधिकारीले बताए । तर विद्यार्थी संख्या बढ्दा पनि परीक्षा केन्द्र भने गत वर्षको भन्दा ३० कम राखिएको छ । गत वर्ष २ हजार ६४ परीक्षा केन्द्र तोकिएकामा यसपाली २ हजार ३४ मात्रै राख्ने निर्णय भएको छ ।
गत वर्ष केन्द्रहरुमा तोकिएअनुसार विद्यार्थी थिएनन् । योवर्ष हरेक केन्द्रमा २५० विद्यार्थीले परीक्षा दिने गरी व्यवस्थापन गरिएको छ । काठमाडौँमा बर्सेनि सबैभन्दा बढी परीक्षा केन्द्र हुन्छन् । यसपाली पनि भ १ सय ३० जति परीक्षा केन्द्र काठमाडौंमै रहनेछन् । कम विद्यार्थी हुने मनाङ र मुस्ताङमा केन्द्र संख्या पनि कम हुन्छ ।
बोर्डले एसईईमा ३० हजार सुरक्षाकर्मीसहित कुल ७५ हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सुरक्षाकर्मीबाहेक केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक निरीक्षक र कार्यालय सहयोगी रहेछन् । बोर्डका अनुसार एउटा परीक्षा केन्द्रमा सबै गरी कम्तीमा ४० शक्ति खटिन्छन् । संवेदनशील केन्द्रमा भने योभन्दा बढी जनशक्ति परिचालन गर्न सकिने बोर्डले जनाएको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares