विराटनगर– ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस, २०८१ को अवसरमा कोशी प्रदेशअन्तर्गत रहेका विभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । नेपाल प्रहरीमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको मनोवल तथा उत्प्रेरणा अभिवृद्धि गर्नुका साथै कार्य सम्पादनलाई पुरस्कार प्रणालीमा आवद्ध गर्ने अभियान अन्तर्गत उनीहरुलाई पुरस्कृत गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा कोशी प्रदेशअन्तर्गत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत महिला बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्र, अपराध अनुसन्धान, प्रहरी कार्य, प्रशासनलगायत विभिन्न शाखामा रहेर विभागीय नीति निर्देशनको पालना गरी आफ्नो पदीय दायित्वलाई उत्कृष्ट तवरले निर्वाह गर्ने महिला प्रहरी निरीक्षक १, प्रहरी सहायक निरीक्षक ३, प्रहरी वरिष्ठ हवल्दार २, प्रहरी हवल्दार १५, प्रहरी सहायक हवल्दार २०, प्रहरी जवान ५७ र प्रहरी कार्यालय सहयोगी १ सहित ९९ जना महिला प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुरस्कृत हुने महिला प्रहरी कर्मचारीहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले न्यून संख्यामा प्रहरी संगठनमा कार्यरत रहेका महिला प्रहरी कर्मचारीको मनोवल सदैव उच्च राख्ने र कर्तव्य प्रति वफादार बनाइ राख्न यस्ता किसिमका उत्प्रेरणा अभिवृद्धि योजनाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनले पुरस्कृत महिला कर्मचारीहरुलाई उच्च मनोवलका साथ पदीय जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन् ।
नेपाल प्रहरीले सम्पादन गर्ने विभिन्न कार्यहरुमा महिला प्रहरी कर्मचारीहरुको अनिवार्य उपस्थिति कानुनद्वारा नै निर्दिष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीको विशेष सक्रियतामा यस वर्ष कोशी प्रदेशमा नमूनाको रुपमा महिला प्रहरी कर्मचारीहरु पुरस्कृत गरेका हुन । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस यस बर्ष “सवै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
समाचार
शिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares