विराटनगर– देशमा रोजगारको खडेरी छ । स्वरोजगार गर्नेलाई पनि प्रोत्साहन छैन । यो यथार्थ हो । तर घरमा बसेर पनि दैनिक व्यवहार चल्दैन । कामको खोजीमा घर बाहिर निस्कनै पर्छ । यस्तोमा स्वार्थी र अपराधीको हातमा पर्यो भन्ने जीवनलाई नरक बनाउँछ ।
पर्साको विरगञ्ज महानगरपालिका–१५ मा होटल सञ्चालन गरिरहेका दुई व्यक्तिले कामको खोजीमा रहेका समस्याग्रस्त परिवारका महिलाहरुलाई फसाएर यौन व्यवसायमा लगाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
मानव बेचबिखनको आरोपमा पक्राउ परेका वीरगंज–१६ बस्ने ४५ वर्षीय गिनीलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ का ४० वर्षीय जय प्रकाश साह यस्तै पात्रहरु हुन् ।
प्रहरीका अनुसार कामको खोजीमा रहेका महिलाहरुलाई आफ्नो होटेलमा ठूलाठूला मान्छे आउने हुनाले पछि राम्रो जागिर पाइहालिन्छ भन्दै सुरुमा सानोसानो काममा लगाउँथे । उनीहरुलाई विस्तारै विभिन्न खाले प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाउने गरेको केन्द्रीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विरगञ्ज महानगरपालिका–१५ का होटेलहरुमा यसरी युवतीहरुलाई गलत काममा लगाउने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ती दुईलाई पक्राउ गर्नुको साथै ४ जना महिलाको उद्धार समेत गरेको थियो । उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares