विराटनगर– पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गरेको तालाबन्दीले बढुवा प्रक्रिया रोकिएको विरोधमा विश्वविद्यालयका शिक्षक प्राध्यापकहरुले पठन पाठन ठप्प गरेका छन् । नेविसंघको आन्दोलनविरुद्ध शिक्षक प्राध्यापक आन्दोलनमा उत्रेपछि विश्वविद्यालयको पठन पाठन ठप्प हुँदा विद्यार्थीहरु पढाइबाट बञ्चित भएका हुन् । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले अनियमित तवरले शिक्षक तथा कर्मचारीहरुको बढुवा गरेर विश्वविद्यालयमा आर्थिक भार बढाउन लागेको भन्दै नेविसंघले तालाबन्दी गरेको हो ।
नेविसंघले जारी गरेको विज्ञप्तीमा आफूहरुसँग गरिएको सम्पूर्ण सम्झौता कार्यान्वयन गर, विधि र प्रक्रिया मिचेर गरिएको सम्पूर्ण परीक्षा रद्द गर, वृति विकासको नाममा ऐन, कानुन, नीति, नियमलाई मिची ‘कालेकाले खाऔं, मिलेर भाल’े भन्ने उखान चरितार्थ नगरौं, आन्तरिक प्रतियोगिता भन्दै स्वतः बढुवा बन्द गर, जति परीक्षार्थी त्यति नै सिटलाई प्रतियोगिता मान्न सकिदैन, कार्य प्रणालीले शतप्रतिशत खुल्ला प्रतियोगिताको व्यवस्था भएको पदमा पनि आन्तरिक बढुवा गर्ने परिपाटी बन्द गर्नुपर्ने माग गर्दै विश्वविद्यालय सेवा आयोगमा तालाबन्दी गरेको छ । नेविसंघ केन्द्रीय कार्यालयको लेटरप्याडमा जारी विज्ञप्तीमा केन्द्रीय सदस्यहरु दिपेन रौनियार, सविन पराजुली, अंकित भट्टराई र अभिषेक भट्टराईको हस्ताक्षर छ ।
विश्वविद्यालय सेवा आयोगले सुरुमा १५ जना शिक्षक प्राध्यापकको आन्तरिक बढुवा गर्ने तयारी गरेको थियो । त्यसमा धेरै शिक्षक प्राध्यापकहरुको बढुवा नहुने देखेपछि प्राध्यापकहरुले दवाव बढाएर ५१ जनाको आन्तरिक बढुवा गराउन लागेकाले विद्यार्थीहरु सेवा आयोगमा तालावन्दी गरेर आन्दोलनमा उत्रिन बाध्य भएको विश्वविद्यालयका एक प्राध्यापकले बताए । उनले विश्वविद्यालयमा कार्यरत अधिकांश शिक्षक प्राध्यापकको एकैपटकमा बढुवा गर्दा आर्थिक भार बढ्नु स्वभाविक भएको स्विकारे ।
यता, पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति यज्ञप्रसाद जमरकट्टेलले विज्ञप्ती जारी गरी कर्मचारीहरुको आन्तरिक बढुवा भइसकेको अवस्थामा शिक्षक प्राध्यापकको बढुवा प्रक्रिया अन्तरवार्ता हुने समयमा तालाबन्दी गरेर रोक्ने कार्यप्रति आपत्ति जनाउँदै पठान पाठन ठप्प पारेको छ । सेवा आयोगले शिक्षक प्राध्यापकहरुको आन्तरिक बढुवाका लागि फाल्गुन १८ गतेदेखि २२ गतेसम्म अन्तरवार्ता तालिका सार्वजनिक गरेको थियो । तर नेविसंघले फाल्गुन १७ गते नै सेवा आयोगको कार्यालयमा तालावन्दी गरिदिएपछि उनीहरुको बढुवा प्रक्रिया अवरुद्ध भएको हो ।
सभापति जमरकट्टेलले यो विश्वविद्यालयमा जहिले पनि शिक्षक प्राध्इापकको विषय आउँदा विवाद गरेर अवरुद्ध पार्ने काम भइरहेको गुनासो पोखे । उनले २०÷२२ वर्षदेखि कार्यरत शिक्षक प्राध्यापकहरुलगायत मध्ये अहिले अवकाश भएर जान दुई महिना मात्रै बाँकी रहेको अवस्थामा बढुवाको प्रक्रिया अगाडि बढेको बेला अचानक विद्यार्थीहरुले तााबन्दी गर्नु निकै आपत्तिजनक विषय भएको गुनासो पोखे । नेविसंघको केन्द्रीय कार्यालयको लेटरप्याडमा चार जना केन्द्रीय सदस्यको मात्रै हस्ताक्षरित विज्ञप्ती निकालेर तालाबन्दी गर्नुलाई के भन्ने पनि प्रश्न रहेको सभापति जमरकट्टेलको भनाइ थियो ।
सेवा आयोगले कार्यसम्पादन मूल्यांकनका आधाारमा कर्मचारीहरुको यसअघि नै बढुवा गरिसकेको छ भने अन्य कर्मचारीहरुको आन्तरिक बढुवाका लागि फाल्गुन २८ गतेबाट परीक्षा तालिका सार्वजनिक गरेको छ । नेविसंघले विश्वविद्यालयको शैक्षिक वातावरण दिन प्रतिदिन खस्किदै जाने, विद्यार्थी वर्षेनी कम हुने तर शिक्षक, प्राध्यापक र कर्मचारीको सेवा सुविधा सधैं बढाउँदै लग्दा विश्वविद्यालय नै बन्द हुने स्थिति सृजना भएकोले नीतिसम्मत ढंगले सबै प्रक्रिया अघि बढाउन तालाबन्दी गरिएको जनाएको छ ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares