विराटनगर– बंगलादेशको अन्तरिम सरकारको सूचना सल्लाहकार एवं छात्र आन्दोलनका प्रमुख नेता नाहिद इस्लामले मन्त्रिपरिषद्बाट राजिनामा दिएका छन् । नाहिदले नयाँ राजनीतिक पार्टी बनाउने अनुमान गरिएको छ ।
उनले बंगलादेशको अन्तरिम सरकार प्रमुख सल्लाहकार मोहम्मद यूनुस समक्ष राजिनामा दिएका हुन् । ‘देशको वर्तमान अवस्थामा एक नयाँ पार्टीको उदय जरूरी भइसकेको छ, जनविद्रोहलाई मजबूत राख्नका लागि सडकमै रहने फैसला गर्दै क्याबिनेटबाट राजिनामा दिएको हुँ,’ उनले पत्रकार सम्मेलनमा भने ।
उनले गत वर्षको जुलाईमा पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लीग सरकारको विरुद्ध छात्र आन्दोलनको नेतृत्व गरेका थिए । यही आन्दोलनबाट सत्ताच्युत हुँदै हसिना भारतको शरणमा पुगेकी हुन् । नाहिदले भनेका छन्, ‘लोकतान्त्रिक परिवर्तन अनुरुप जनआकांक्षाको काम गर्न चाहन्छु, त्यसैले अन्तरिम सरकारको सल्लाहकार पद छाडेको हुँ ।’ उनी सूचना, प्रसारण, डाक र दूसञ्चार विभागका सल्लाहकार थिए । यो मन्त्रि पद सरह मानिन्छ ।
उनले आफूले नेतृत्व गरिरहेको छात्र मञ्चबाट पनि राजिनामा दिइसकेका छन् । नाहिदको संगठनका सहयोगी छात्र संगठन ‘जातीय नागरिक कमिटी’ ले पनि यस अगाडि नयाँ राजनीतिक दल बनाउने भनेका थिए । नाहिदले नयाँ दलको नेतृत्व गर्न सक्ने संभावना छ । मुुलुकको लागि ज्यान दिन तयार विद्यार्थी सम्मिलित राजनीतिक दलको पक्षमा रहेको अन्तरिम सरकारका प्रमुख मोहम्मद यूनुसले पनि बताएका छन् ।
केही दिन अगाडि खालिदा जियाको बांगलादेश नेशनलिस्ट पार्टीसहित केही संगठनले सरकारमा बसेर दल खोल्न नमिल्ने भनेको थियो । त्यसपछि नाहिदले सरकार छाडेका हुन् । छात्र आन्दोलनमा नाहिदलाई साथ दिने महफुज आलम र आसिफ महमुद सरकारमै छन् । सरकारमा रहेका साथीहरुले अन्तरिम सरकारको सुधारको प्रतिबद्धता र हामीले गरेको वाचा पूरा गर्ने काममा लागिरहने इस्लामले बताए ।
यूनुसको प्रेस सल्लाहकार शफकुल आलमले इस्लामको प्रशंसा गर्दै बंगलादेशको प्रधानमन्त्री बन्ने संभावना व्यक्त गरेका छन् । २७ वर्षीय नाहिद केही महिना अगाडिसम्म ढाका विश्वविद्यालयमा समाजशास्त्रका विद्यार्थी थिए । उनी हसीना सरकार विरुद्धको आन्दोलनबाट लोकप्रिय भए । हिंसात्मक प्रदर्शनका क्रममा हिन्दु एवं अल्पसंख्यक माथि आक्रमण हुन थालेपछि नाहिदले यसको विरोध गर्दै उनीहरुको रक्षाका लागि अपिल गरेका थिए । हिन्दु र उनीहरुको पूजा स्थलको सुरक्षा गर्नुपर्ने नाहिदले आवाज उठाएका थिए । उनी अहिले बांगलादेशमा नीकै लोकप्रिय छन् ।
विद्यार्थी एवं युवाको भरपुर समर्थन छ । भारतको बारेमा पनि उनको प्रष्ट धारणा छ । ‘भारतले बांगलादेशको नागरिकको साथ दिनुपर्यो, समर्थन गर्नुपयो, अनि मात्र यहाँका नागरिकले भारतलाई विश्वास गर्छ,’ उनले भने । भारतले शेख हसिनाको अवामी लिगलाई गरिरहेको सहयोगले बंगलादेशी नागरिकमा भारत प्रति नकारात्मक धारणा बनिरहेको उनले प्रष्टयाएका छन्।
विश्व/प्रवास
चीनद्वारा आफ्ना नागरिकलाई अमेरिका यात्रामा सतर्कता अपनाउन आग्रह
द नेप्लिज संवाददाताम्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares