६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

नेविसंघको दुई समूहबीच भएको झडपमा दोषीमाथि कारवाही गर्न केन्द्रीय सभापति शेर्पाको माग

द नेप्लिज संवाददाता
१५ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर– नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति दुजाङ शेर्पाले विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा बिहीबार संस्थापन र शेखर कोइराला समूहबीच भएको झडपका दोषीमाथि कारवाहीको माग गरेका छन् । सभापति शेर्पाले दोषीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासन र स्थानीय प्रशासनसँग विज्ञप्तीमार्फत माग गरेका हुन् । 

‘नेविसंघको आचारसंहिताले कुनैपनि सदस्यलाई बाहुबलको प्रयोग गर्न र विद्यार्थी एकताको मर्मविपरित गतिविधि गर्न गराउने छुट एिको छैन त्यसैले उक्त घटना दुर्भााग्यपूर्ण हो,’ विज्ञप्तीमा भनिएको छ, ‘यस प्रकृतिको घटनाले संघको छवीमाथि प्रतिकूल असर पार्ने र विद्यार्थी आन्दोलन विरोधी गतिवितिलाई मलजल पुग्ने हुँदा यस्ता अनुशासनहिन कार्य स्विकार्य हुन सक्दैन ।’

उक्त घटनाको सत्यतथ्य छानविनका लागि निष्पक्ष छानविन समिति गठन गरी घटनामा संलग्न जोसुकैलाई अनुशासनको दायरामा ल्याइने विज्ञप्तीमार्फत जनाएको छ । उक्त घटनामा घाइते नेविसंघ मोरङ सभापति  सरोज पोखरेल, सचिव गुड्डु साह र केन्द्रीय सदस्य पूजा विश्वासको शीघ्र स्वास्थ्य लाभको कामनासहित घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कारवाही प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासन र प्रहरी प्रशासनलाई विज्ञप्तीमार्फत सभापति शेर्पाले माग गरेको छ । 

यस्तै, नेविसंघका केन्द्रीय सदस्य योगराज आशिस दाहाल, पाँचथरका कार्यबाहक सभापति दिवस प्याकुरेललगायतले पनि दोषी उपर विज्ञप्तीमार्फत कारवाहीको माग गरेको छ । 

नेविसंघको क्याम्पस इकाइ समिति गठन र आसन्न स्ववियु निर्वाचनको भागबन्डाको छलफलमा भएको विवादमा सभापति पेखरेल सचिव साह र केन्द्रीय सदस्य विश्वासमाथि कुटपिट भएको थियो । पोखरेलको नोबेल अस्पतालमा उपचार भइरहेको छ भने साह र केन्द्रीय सदस्य विश्वासलाई सामान्य चोट लागेको हो ।

संस्स्वथापन पक्षका स्ववियू सभापति जसवन्त पौडेल, स्ववियु सचिव एलिश ठकुरी, प्रशान्त यादवलगायत समूहले आफूमाथि कुटपिट गरेको पोखरेलको भनाइ छ । धारिलो हतियारसहित केही विद्यार्थी विवादमा उत्रिएपछि झडपको अवस्था सिर्जना भएको उनको भनाइ छ । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित : १५ फागुन २०८१, बिहीबार 22:18
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved