काठमाडौं– लामो समयदेखि ग्यास उद्योगलाई परेको समस्या समाधानमा सरकारले चासो नलिएको भन्दै बिहीबार सरोकारवालाले ग्यास आयात तथा बिक्री रोकी देशभरका उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले १९ बूँदे मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएको पत्रकार सम्मेलनमा बताएका छन् । माग पुरा नभएमा ग्यास आयात तथा खरिद–बिक्री रोकी अनिश्चितकालका लागि उद्योग बन्द गर्ने उनले घोषणा गरे । ‘माग पूरा नभए ३० माघदेखि आन्दोलनमा हुन्छ,’उनले भने ।
उनले माघ ३० मा नेपाल आयल निगमबाट वस्तु डेलिभरी, अर्डर तथा खरिद नगर्ने पनि बताए । साथै फागुन १ देखि ५ सम्म सबै ग्यास उद्योगले विरोधका कार्यक्रमबारे प्रचारप्रसार गर्ने, ६ गतेदेखि झारतीय आयल निगम (आईओसी) बाटोमा ग्यास बुलेट लोड गर्न नदिने कार्यक्रमको तयारी संघले गरेको छ । कार्यत्रम अनुसार १२ फागुनमा ग्यास बोकेर आएका बुलेटहरू भन्सार नाकाबाट छुट्न नदिने, १८ फागुनदेखि सबै एलपी ग्यास उद्योग बन्द गर्ने र २२ फागुनमा देशभरका ग्यास बिक्रेता डिपोहरू बन्द गराउने जानकारी दिए ।
घिमिरेका अनुसार विगतमा एलपी ग्यास खपत १५ देखि २० प्रतिशत वृद्धि हुने गरेकोमा हाल आएर ४ प्रतिशतमा खुम्चिएको छ । देशभर ५९ वटा एलपी ग्यास उद्योग छन् । यहाँ विस्फोटक ऐन कानून र नियमन निकाय अभावमा भारतको नियमअनुसार उतैबाटै इजाजत लिइ उद्योगहरू सञ्चालनमा छ । बजारमा करिब १ करोड ७५ लाख सिलिन्डर छरिएका छन् । करिब १२ हजार बिक्रेताले डिलर मार्फत ग्यास उपभोग गर्छन् ।
कुल एलपी ग्यास खपतको झन्डै ४० प्रतिशत बजार काठमाडौं उपत्यका र आसपासका स्थानहरू हुन् । ‘यीनै स्थानलाई बढीभन्दा बढी ऐन कानुन देखाएर उत्पादन र आपूर्ति नै असफल हुनेगरी उद्योगधन्दा नै बन्द गराउने प्रवृत्ति बढेको छ,’ अध्यक्ष घिमिरेले भने ।
एलपी ग्यास भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) का पाँच रिफाइनरी तथा डिपो प्लान्टमार्फत नेपालका ६ वटा नाका हुँदै ल्याइन्छ । आफ्नो ढुवानी साधन नहुँदा यसबाट वार्षिक खर्बौं रुपैयाँ विदेशिन्छ । चर्को दबाब पछि सरकारले भारतीय बुलेटसँग प्रतिस्पर्धा गर्न नेपाली उद्योगीलाई ७ सय ७५ बुलेट राख्न सूचना जारी गरी भन्सार ६६ प्रतिशत छुट गरेको थियो । उद्योगीहरूले सरकारले तोकेको शुल्क बुझाएर नेपाली ग्यास बुलेट निर्माण गरेका थिए । तर, केही नेपाल भित्रिए भने केही भारतमै छन् ।
ग्यास उद्योगीहरूले शतप्रतिशत लगानीसहित उपभोक्ताहरूको भान्सासम्म र आयात झण्डारण बिक्री गर्दैछन् । तर, सरकारले बित्री मूल्य, उद्योगी बिक्रेता, ढुवानीलगायत मुनाफा मूल्य तोक्दा उद्योगीहरू संकटमा छन् । सरकारको पूर्ण स्वामित्व र नियन्त्रित मूल्यले गर्दा निगमले एलपी ग्यासमा मात्र वार्षिक करिब नौ अर्ब घाटा छ । घाटाको पूर्ति अन्य पेट्रोलियम पदार्थ, हवाई इन्धन, डिजेल, पेट्रोल, मट्टीतते लगायतबाट हुँदा करिब २० अर्ब थप घाटाले उपभोक्ता मारमा छ ।
पाइपलाइन मार्फत ढुवानी गर्दा लागत कम भए पनि यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउन नसकेको प्रति सरकारको ध्यान नगएको घिमिरेको तर्क छ । विगतमा सरकारले एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने भनी रातो र नीलो ग्यास प्रयोगमा ल्याएको थियो । तर, त्यो १५ दिन पनि टिकेन । ‘रातो सिलिन्डरलाई नीलो बनाउन करोडौ नोक्सान भयो । सरकारले हामीलाई शोधभर्ना र क्षतिपूर्ति दिने निर्णय भए पनि हालसम्म दिएको छैन,’उनले भने ।
नेपाल आयल निगमको विनियमावलीमा ग्यास बुलेटको आयु २० वर्ष उल्लेख छ । तर, भारतमा भने १० वर्ष छ । सोही बमोजिम परिमार्जन गर्नुपर्ने उनीहरूको माग छ । ग्यास उद्योगको सम्पूर्ण खर्च जोडी हुन आउने परल मूल्यमा प्राविधिक नोक्सानी प्रतिसिलिन्डर ०.१५ प्रतिशत हुनुपर्ने पनि माग छ ।
पेट्रोलियम पदार्थ कारोबार नियमन गर्न विभिन्न ऐन भए पनि पेट्रोलियम कारोबारलाई व्यवस्थित गर्ने समयसापेक्ष एकीकृत ऐन बन्न सकेको छैन । विगतको ऐनको विधेयक संसदमा प्रस्तुत गरिए पनि राम्ररी छलफल भएको देखिंदैन । उक्त विधेयकमा मुख्यतः पेट्रोलियम बोर्डको गठन र पेट्रोलियम प्राधिकरणबारे नियमन गर्ने कानूनी व्यवस्था पनि हुन जरुरी रहेको भन्ने विषय छ ।
खाना पकाउने ग्यासको गुणस्तर मापन गर्ने ल्याब समेत नेपाल आयल निगम नहुँदा आयात गरिरहेको ग्यासको गुणस्तरबारे निगम, उद्योगी, बिक्रेता, उपभोक्ता अनभिज्ञ हुनुपरेको छ । यस्तो ल्याब सात महिनाभित्र स्थापना गर्न माग गरिएको छ । ग्यास दुर्घटना रोक्न कमसल पाइप तथा रेगुलेटर प्रयोगमा कडाइ गर्न र सुरक्षासम्बन्धी नियम पालना गराउन कानुनी व्यवस्था गरिनुपर्ने पनि माग राखिएको छ ।
यहाँ सञ्चालन हुँदै आएकामध्ये ४० प्रतिशत ग्यास उद्योगहरू मात्र क्षमताका आधारमा चल्छन् । यस्तो संवेदनशील व्यवसायमा नियमनकारी निकाय एउटा मात्र हुनुपर्ने माग गरिएको छ । नियमन गर्ने निकाय अत्यधिक हुँदा उद्योगीले सास्ती भोग्नुपरेको उनीहरुको गुनासो छ ।
आयात बिक्री–वितरण, डिलर ढुवानी, मुनाफालगायत सम्पूर्ण मूल्य नियन्त्रण नियमन सरकारको आयल निगमले मात्र हेर्छ । निगमको बोर्डले खर्च तोक्ने गर्छ, त्यो पनि ६ वर्षसम्म पुनरावलोकन खर्च समायोजन नगरिंदा मार्कामा परेको उद्योगीहरु बताउँछन् ।
भारतबाट हुने ढुवानीभाडाको भुक्तानीमा टीडीएस (भुक्तानीमा कर कट्टी) को सम्बन्धमा फरक–फरक धारणा आइरहँदा विदेशी भूमिमा प्राप्त ढुवानी सेवाको भुक्तानीमा कुनै किसिमको स्रोतमा करकट्टी गर्नु नपर्ने व्यवस्था छ । गैरबासिन्दाबाट विदेशमै भइरहेको ढुवानीको भाडामा टीडीएस कट्टी गर्नु नपर्ने भनी सम्बन्धित निकायबाट आन्तरिक राजस्व कार्यालयहरूलाई निर्देशन हुनुपर्ने पनि उनीहरूको माग छ ।
समाचार
सरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताअर्थ/वाणिज्य
सर्वसाधारणको १ करोड २ लाख रुपैयाँ अरुको खातामा
जितेन्द्र साहभरिया कुसाङ लामा थुनामा, मुख्य नाइके नारायण पौडेल फरार
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares