विराटनगर– देशका विभिन्न स्थानमा प्रहरीले अवैध लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट खैरो हेरोइन, गाँजा तथा प्रतिबन्धित औषधिहरू बरामद गरिएको छ। प्रहरीले उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३६० मिलिग्रामसहित १९ वर्षीय अनुप बोहरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
यसैगरी कैलालीको चुरे गाउँपालिका-३ बाट नियन्त्रित लागूऔषध टापेण्टाडोल ७० ट्याब्लेटसहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-२ का २७ वर्षीय गोपाल बहादुर सलामी र २० वर्षीय मिलन मास्के मगर रहेका छन्। इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको टोलीले सु.प.प्र.०१-०१२ प ९७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
दाङको घोराही उपमहानगरपालिका-१० झारबहिराबाट ब्राउनसुगर जस्तो देखिने ८० मिलिग्राम पदार्थ र एक मोबाइलसहित २४ वर्षीय आकाश डाँगी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध बरामद गरेको हो।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ बुद्धचोकबाट खैरो हेरोइन जस्तो देखिने ५.४१८ ग्राम पदार्थसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा २४ वर्षीय कामरान खान, २५ वर्षीय सेफ अली, र २८ वर्षीय विनोद चमार रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
त्यस्तै रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-६ बाट स्पास्मो ५५ ट्याब्लेटसहित १९ वर्षीय अफजल अली भाट पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी पोष्ट महिलवारको टोलीले पक्राउ गरेको हो।
उदयपुरको त्रियुगा नगरपालिका-१ खैजनपुरका २२ वर्षीय सन्तोष चौधरीलाई २५ ग्राम गाँजा, डाईजेपाम ३ एम्पुल, बुप्रेनोर्फिन २ एम्पुल, र फेनारगन २ एम्पुलसहित पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
कञ्चनपुरको बेदकोट नगरपालिका-८ भासिबाट ३३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २३ वर्षीय अभिषेक डगौरा र २४ वर्षीय सुनिल डगौरालाई पक्राउ गरिएको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
झापाको गौरीगञ्ज गाउँपालिका-१ भन्सार चोकबाट ब्राउनसुगर जस्तो देखिने ४.५५ ग्राम पदार्थसहित भारत, किसानगन्ज-२ पलसाह बस्ने २३ वर्षीय सलम पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ स्थित इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले २ ग्राम ४७ मिलिग्राम ब्राउनसुगरसहित मोरङ केराबारी गाउँपालिका-७ का २३ वर्षीय सनम राई र २७ वर्षीय रुपेश तामाङलाई पक्राउ गरेको छ। प्रहरीले लागूऔषधसहित पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान अघि बढाइसकेको छ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares